
जाजरकोट । पेस्तोल प्रदर्शन गरी डरत्रास देखाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका १३ भल्मा बस्ने अन्नत खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत भदौं ०३ गते जाजरकोटको नलगाड नगरपालिका ०१ कल्पत स्थित केटाकेटीले श्रीकृष्ण जन्माष्टमिको अवसरमा नाचगान गरिरहेको वेला अन्नत खत्री र रमेश मल्ल आई अवैध रुपमा आफु सँग रहेको पेस्तोल देखाई डरत्रास देखाएका थिए ।
स्थानीयले नियन्त्रणमा लिन खोजदा पेस्तोल सोही ठाउँमा छोडी भागी गएको भन्ने सूचनाका आधारमा खोज तलास गर्दै जाने क्रममा मंगलबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
कार्यालयमा दाखिला गरी हातहतियार तथा खरखजान सम्बन्धी कसुरमा अनुसन्धान भई सोमबार नै जिल्ला अदादत जाजरकोट बाट पाँच दिनको म्याद थप लिई अनुसन्धान भई रहेको र फरार रहेका रमेश मल्लको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
पेस्तोल प्रदर्शन गरी डरत्रास देखाउने व्यक्ति पक्राउ
तपाईको प्रतिक्रिया
















































। ६ भाद्र २०७९, सोमबार