माओवादीमा २१ पदाधिकारी, महासचिवमा देव गुरुङ [सूचीसहित]

माओवादीमा २१ पदाधिकारी, महासचिवमा देव गुरुङ [सूचीसहित]
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो। बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रस्ताव अनुमोदन गरेको हो।

माओवादीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, एक जना उपाध्यक्ष एक जना महासचिव, सात जना उपमहासचिव, नौ जना सचिव र एक जना कोषाध्यक्ष तोकिएको एक नेताले जानकारी दिए।

Ads
अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, उपाध्यक्षमा कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङ छन्।

यस्तै उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल चयन भएका छन्।

यसैगरी सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल प्रशान्त तोकिएको माओवादीले जनाएको छ।

अध्यक्षमा प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा भने यसअघि नै सर्वसम्मत भएका थिए। महासचिवमा भने जनार्दन शर्मा र वर्षमान पुन आकांक्षी थिए।

तपाईको प्रतिक्रिया