३ लाख ८० हजारमा बनेको मन्दिर !

No description available.
जाजरकोटको जुनिचाँदे गाउँपालिकाले ३ लाख ८० हजार खर्च गरी मन्दिर निर्माण गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अर्न्तगत जुनिचाँदेले वडा नं. २ गानटाकुरमा मन्दिर निर्माण गरेको हो ।

स्थानीय ८ महिला र २ पुरुष सहित १० जनाले प्रधानमन्त्री कार्यक्रमबाट मन्दिर निर्माण गरिएको वडाअध्यक्ष राम बहादुर नेपालीले बताए । वडाअध्यक्ष नेपालीका अनुसार मन्दिर निर्माणसँगै, पर्खाल र फिल्ड निर्माण समेत गरिएको छ ।

तर, उक्त मन्दिर निर्माणका विषयमा आलोचना भैरहेको छ। करिब ४ लाख खर्च गरेको मन्दिरमा गुणस्तरीय नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।

धेरै आयोजना भएकोले स्थलगत अनुगमन समय प्राप्त नभएकोले प्राविधिकहरुको फिल्ड रिर्पोटका आधारमा भुक्तानी आदेश दिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रकाश खत्रीले बताए ।

No description available.

रोजगारदाताको खातामा हाजिरी अनुसार एकजना बराबर प्रतिदिन ५७० रुपैयाँ पाउने गरी रकम भुक्तानी दिएको खत्रीले बताए ।
#शिलापेपर#

तपाईको प्रतिक्रिया