
आज निकै लामो समय पश्चात् उनीसँग मेरो भेट भयो । यो भेट सम्भवतः दुई साढे दुई बर्षको अन्तरालमा भएको हो । उनी मेरै गाउँको बासिन्दा हुन् । त्यो भन्दा बढी उनी मेरो प्रीय मित्रको साथै एक प्रसंसक पनि हुन् । सानोमा हामी सँगै एउटै स्कुलको एउटै कक्षामा अनि एउटै हालतमा पढेका हौं । उनी पढाईमा केही कमजोर जस्ता थिए तर उमेरले म भन्दा करिब दुई तीन बर्षको ठूलो भएकोले मेरो ख्याल पनि राख्थे ।
पढाइमा म केही अब्बल भएको हुनाले उनी म बाट सहयोग पनि लिन्थे । समयको चक्र पनि अनौठो छ, म भन्दा पहिले जन्मिएका उनीलाई समयलेनै पढाईमा म भन्दा पछि पारिदियो । फलस्वरूप पाँच छ कक्षाको पढाई बाट नै उनी म भन्दा पछि परे अनि म उनलाई छोडेर अगाडि हुइँकिएँ । कारण उनी फेल भएका थिए । त्यसपछि पढाईबाट हाम्रो संगत पातलीयो, साथै व्यवहारिक जीवनको संगत पनि पातलो हुँदै गयो । तत्पश्चात हामी केवल साथी बन्यौँ तर धेरै प्रगाढ साथी होइनौं । जीवनशैली फेरिए । उनी आफ्नो जीवनयात्रामा लागे अनि म आफ्नो…..।
उनले +२ सम्मको पढाई पूरा गरेर बिहे गरे । अनि बिहे पश्चात् को जीवन थप जिम्मेवारीले ग्रसित बनेपछि झनै हाम्रो संगत निकै पातलो अर्थात लगभग छैन बराबरको बन्नु अस्वभाविक पनि होइन् । त्यसपछि उनको बच्चा जन्मियो । तब झनै जिम्मेवारी थपियो । हाम्रो ग्रामीण जनजीवन लगभग सबैले महसुस गर्न सक्ने कुरा हो । यहाँ आर्थिक अभावले सर्वदा जकडिरहन्छ र जीवनको सन्तुलनमा प्रत्यक्ष ह्रास ल्याइरहन्छ । त्यसबाट उनी पनि अछुतो रहन सकेनन् सायद । त्यसैमाथी उनका असंख्य आकांक्षा र सपना हरु पनि त थिए ।
जसले उनलाई एक अर्को कदम उठाउन बाध्य बनायो । जसको फलस्वरूप उनी आफ्नो परिवार सहित टिपेर परदेशिए । उनी सहज जीवनशैली अनि आकांक्षा पुर्तीको विकल्पको खोजिमा हानिए भारत तर्फ । त्यसपछि भने हाम्रो भेटघाटनै बन्द भयो । कहिलेकाही ईन्टरनेटमा छोटो भलाकुसारी हुन्थ्यो त्यो पनि सोमबारे औंसी परेजस्तै । सन्चो बिसन्चो सोध्यो सकियो । त्यसैले यो भेट लगभग हाम्रो ऐतिहासिक भेटनै मान्न सकिन्छ । किनकी यो भेट अनपेक्षित र अकस्मात पनि भएको थियो ।
अस्ति मात्रै उनी घर आएका रहेछन् । उनको र मेरो घर बिचको दुरी केही बढी भएकोले उनी घर आएको भान मलाई भएको थिएन । आज बिहानै केही काम बिशेषले म गाउँ भन्दा तल बेंसीको बजारमा झरेको थिएँ अनि उनी पनि त्यहीँ पुगेछन । म बजारबाट फर्किनै लागेको थिएँ, तब बाटोमै उनी सँग भेट भयो । उनी बाटो छेउको पसलमा बसेका रहेछन अनि म आफ्नै बाटो हानिदै थिएँ । पसलबाटै उनले बोलाए, रमेश जि ! अप्रत्याशित कसैले मेरो नाम लिएको सुनेपछि मैले कदम रोक्दै दायाँतर्फ नजर घुमाएँ । पसलको ढोकाबाट उनी मलाई हेरेर मुस्कुराइरहेका थिए ।
म नजिक गएँ । ओहो ! कहिले आउनुभयो घर ? नाताले म अंकल भनेर सम्बोधन गर्ने भएकोले उनलाई मैले हात जोड्दै प्रश्न गरेँ । उनले पनि मेरो नमस्कारको जवाफ दिने शैलीमा हात जोड्दै भने, ‘अस्ति आएको हुँ ।’ अनि सन्चै हुनुहुन्छ ? मैले फेरि प्रश्न गरेँ । हजुर म सन्चै छु, बरु उता के कस्तो छ ? हामी पनि हालसम्म सकुशल नै छौँ भन्नुपर्छ । मैले जवाफ दिनासाथ उनले प्रश्न गरे, अनि कतादेखी आउनुभएको ? म त्यही परको बजारसम्म काम भएकोले झरेको थिएँ, अनि तपाई ? म पनि त्यहीँ पुगेर फर्केको । उनको जवाफ सकिए सँगै उसो भए जाम भन्ने संकेत गरेँ मैले । सायद अरु पनि थिए भित्र हाम्रै गाउँको मान्छे । तर उनी अरुलाइ वास्ता नगरेर म सँगै हिँडे ।
बाटोमा हिँड्दै गर्दा मैले प्रश्न गरेँ, ’अनि अंकल ! आफू मात्रै आउनु भयो या सपरिवार ? नाइँ म एक्लै आएको छु । उनले जवाफ फर्काए । उसो भए अब कहिले फर्किनुहुन्छ ? चुनाव पछि फर्किने भनेको तर उता फेरि अर्जेन्ट काम परेकोले पर्सिनै फर्किनु पर्ला । उता निकै गन्जगोल भैसकेको छ त्यसैले म जानुपर्छ नत्र घाटा लाग्छ । त्यसमाथी आइमाई मान्छे एक्लै सानो केटाकेटी सँग छे । जे पनि हुनसक्छ । यो दुनियाँमा भर कसको छ र ? कतै कसैले केही ग¥यो भने….। उनी बिस्तार पुर्वक जवाफ दिदै मजाक भित्र पनि छिरिहाले । नाइँ त्यसो किन सोच्नुहुन्छ र ? आन्टी सायद त्यस्तो अविश्वसनिय र तौलबिहिन चरित्रको मान्छे पनि होइन । अनि फेरि सम्बन्ध भनेकै बिश्वासमा जो अडेको हुन्छ ।
यदि यसरी सोच्ने हो भने सम्बन्धको केही सार्थकतानै हुने छैन । मैले उनलाई गहिरिएर नै जवाफ फर्काएँ । अनि उनी फेरि उत्ताउलो पारालेनै बोल्न थाले, के थाहा ? आइमाई मान्छेको भरनै हुँदैन । जतिबेला जोसँग पनि लाग्न सक्छन अनि जता पनि भाग्न सक्छन । उनको उच्छृङ्खल प्रसंगलाई मैले पनि उच्छृङ्खलताकै रंगले रंग्याउने प्रयत्न गरेर भनेँ, ’भनेपछि म बुझौं कि तपाईंनै आफैमा बिश्वसनिय पात्र हुनुहुन्न ।’ अनि उनले गलल्ल हाँस्दै भने ’त्यो कसरी ?’ मैले भनेँ ’किनकी आफू चोर भयो भने मानिसले अरुलाई कहिल्यै साधु सज्जन देख्दैन । तपाईंको यस्तो कुराले तपाईंनै पहिला बदमाश हुनुहुन्छ भन्ने कुराको संकेत गर्छ ।’ अनि उनले फेरि भने… हो साच्चिकै! यहाँ आफ्नै त भर छैन, अरुको भर पनि कसरी गर्नु ?
ठट्टै ठट्टामा बात मार्दामार्दै उनको बदमासी खोलिन्छ जस्तो लाग्यो ।
अनि म झन चासो दिएर सोध्न लागेँ ठट्ट्यौलिमै । ’भनेपछि तपाईंलेनै बदमासी गरिराख्नु भाछ भन्ने कुरा प्रष्ट हुन्छ । उनले हाँस्दै भने ’अवस्था त्यस्तै आइप¥यो अनि के व्रतमा बस्नु त ।’ तपाईं साच्चिकै चोरनै सबित हुनुभयो, बरु भन्नुहोस् चोरी चाहिँ कहाँ गर्नुभयो ?’ ’घर आउँदा आउँदै बाटोमै ।’ उनी यसरी जवाफ दिदै थिए, मानौं कि म बराबरको बिश्वासिलो पात्र उनको लागि कोहि छैन । म भने उनको त्यो उदाङ्गो चरीत्र माथी प्रश्न खडा गर्न चाहान्थेँ । त्यसैले मेरा प्रश्न रोकिनुको सट्टा झनै उर्लिदै थिए । मैले भनेँ ’भन्नुहोस् न त तपाईंको बदमासीको बारेमा । हामी पनि सुनम ….. चोरका चोरीका कथाले म जस्तो सोझोलाई पनि चोर्न सिकाइहाल्छ कि ? उनी हाँस्दै कथा सुरु गर्छन ।
नेपालगन्ज बसपार्कमा जाजरकोट आउने बसको टिकट किन्न गएको थिएँ, बसपार्कमै एकजना केटिसँग ठोक्किन पुगेँ । हुनत म ठिक्किन खोजेको होइन तर उ पनि टिकटकै हतारमा रहिछ अनि ठोक्किइ म सँग । फर्किएर हेरेँ, खुबै फेसन गरेकी, पाइन्ट टिसर्ट लगाएकी हेर्दै सहरीया लाग्ने केटि थिइ । रुपमा पनि कम थिइन । आँखा गाजलु थिए अनि पिपलपाते लाली ओठ थिए । शरीर पनि चिटिक्क मिलेको थियो । अंग प्रत्यङ्ग हेर्दै आकर्षक थिए ।
अनि उसको रुपको मोहमा परेको म आफ्नो अहमता प्रस्तुत गर्दै भनेँ ’के हो बहिनी! आँखा हेरेर हिन्दैनौ ?’ उसले लजाउँदै अनि रातो पिरो मुख लगाउँदै भनी ’सरि दाइ!! म हतारमा भएकोले यस्तो भयो, जानीजानी होइन ।’ अब मलाई बोल्ने थप आधार मिलिसकेको थियो अनि भनेँ ’केको हतार होर मान्छे मिच्दै हिन्नलाई ?’ उसले भनी ’दाइ! गाडिको टिकट किन्नुपर्ने, कुन गाडी जान्छ थाहा छैन, तर गाडी छुट्न लाग्यो रे ।’
अनि मैले सहज प्रश्न गरेँ ’कहाँ जान लाको होर ?’ उसले हतारमै भनी ’दाइ ! जाजरकोट जान लाको ।’ म रोमाञ्चित भएँ, अनि सोचेँ आज साइतमै हिडिएछ क्यार । अनि जाँदै गरेको उसलाई रोकिने संकेत गर्दै भनेँ ’ए बहिनी! पर्ख त’ । उ रोकिइ अनि हेरि म तर्फ ’जाजरकोट जाने गाडी उ त्यही रातो बस हो । अनि म पनि जाजरकोटनै जान लागेको । आउ यता टिकट म मिलाइदिन्छु ।’ उ फर्केर मेरो नजिकै आइ अनि मुस्कुराउँदै भनी ’ए दाइ पनि जाजरकोट जान लाको? ल राम्रै भयो नि उसो भए।’
अनि मैले अघि आफुले टिकट किनेको दाइलाई छेउमा बोलाएँ र भनेँ ’दाइ उ बहिनी पनि जाजरकोट जाने रे! टिकट दिनुस है अल्लि मिलाएर । अघि मैले लिएँ नि त्यही मुल्यमा मिलाइदिनुस । अनि उ दाइले भन्यो ’हस् भैहाल्छ नि भाइ ।’ उ काउन्टर तर्फ जाँदै थियो अनि उसको पछिपछि केटि पनि जाँदै थिइ । अनि फेरि भनेँ ’ए दाइ!!’ टिकटवाला दाइ फर्कियो म तर्फ । अनि भनेँ ’दाइ सिट पनि मिलाएर दिनुस है… राम्रो।’ मैले दाहिने आँखा झिम्काउँदै भनेँ । उसले हाँस्दै भन्यो ’भैहाल्छ नि भाइ ।’ अनि उनीहरु गए र म हेरिरहेँ उनीहरु गएतिर ।
केही समय पछि! गाडिले छिटो आउनुस, जानेबेला भैसक्यो को संकेत गर्दै हर्न बजाउँदै थियो । परबाट पछाडि त्ष्पत्यप लेखिएको सानो झोला भिरेकी अनि छड्के तिर स्यानो पर्स जस्तो ब्याग बोकेकी केटि हतारमा हानिएर आइ म तर्फ । उसको एक हातमा गाडिको टिकट थियो, अर्को हातमा मोबाइल अनि मुहारमा मन्द मुस्कान साथै चालमा हतार भैरहेको छ भन्ने प्रष्ट देखिने हिँडाइ थियो । म एकोहोरो हेरिरहेँ उ तर्फ । आइ छेउमा । ’ल्यायौ टिकट?’ मैले सोधेँ । उम दाइ ल्याएँ’ उसले मुस्कान सहित जवाफ दिई । अनि मैले जाउँ भन्ने संकेत गरेँ ।
हामी गयौं गाडी तर्फ । गाडीले बेस्सरी चिच्याएर हर्न बजाउँदै थियो । हामी हतार हतार पस्यौँ गाडी भित्र । म अगाडी अगाडि थिएँ अनि मेरो पछिपछि उ थिइ । मेरो सिट पाँच नम्बरको थियो । अनि छ नम्बरको सिटमा अर्को एकजना दाइ बसेका थिए । उ आफ्नो टिकटमा हेर्दै भन्दै थिइ ’मेरो टिकटमा सिट नम्बर लेखेको छैन, कता हो मेरो सिट ।’ पछिल्लो सिट खाली थियो अनि छ नम्बरको सिटमा बसेको दाइलाई भनेँ ’दाइ! हजुर पछाडि बसिदिनुन यो सिट उनको हो ।’ मैले केटि तर्फ संकेत गर्दै भनेँ । त्यतिन्जेल गाडि बिस्तारै अगाडि बढ्दै थियो, त्यो दाइ केही नबोलेर पछिल्लो सिटमा गएर बस्यो अनि उसलाई मैले मेरो छेउको सिटमा बस्न संकेत गरेँ । गाडीले तिब्र गति लिइसकेको थियो अनि हामी बस्यौं सिटमा ।
गाडीले आफ्नो गति लियो तिब्र रुपमा । झ्याल तर्फको सिटमा म थिएँ जो बाहिरबाट आएको हावासँग आनन्द लिइरहकेको थिएँ । हावाको प्रेमील स्पर्शले मलाई पुलकित र आनन्दित बनाइरहेको थियो, सँगै गाडी बेगले हानिदा उसँग ठोक्किन पुग्दा झन आनन्दको अनुभुती गर्थेँ । पुरुष स्वभाव न हो ! गाडीले कम हल्लाउँथ्यो तर आफू बढी हल्लिन्थेँ ताकी उसको स्पर्श मिलोस् । अलिकता ठोक्किने स्थिति पैदा हुने बितिक्कै म ह्वात्तै पछारिन्थेँ उसको काखमा । बिस्तारै कुराकानी पनि सुरु गरेँ । परिचयको कुराकानी भयो । उ पनि हाम्रै बारेकोटको मान्छे रहिछ । म्यादी बन्ने शिलशिलामा नेपालगन्ज पुगेकी तर असफल भएर फर्किएकी रहिछ । हेर्दा हृष्टपुष्ट र फुर्तिलो देखिन्थिइ तैपनि असफल भइछ । हुन त उ असफल भएर पनि राम्रै भएको हो किनकी सँगै यात्रा गर्ने यो अवसर मिलेको थियो ।
उनी आफ्नो कथा बोलिरहेका छन् । कताकता कामुक अनि अश्लील जस्तो लाग्ने कथा उनी निर्धक्क र प्रफुल्लताको साथ मलाई सुनाउँदै छन अनि म सुनिरहेको छु उकालो बाटोको स्याँस्याँ को अनुभुतिसँग उनको यात्रा वृतान्तले अलिक सहज पनि बनाएको अनुभुति गरिरहेको छु । उनी भनिरहेका छन… । उसले मेरो बारेमा पनि थुप्रै कुरा सोधी । मैले भनेँ म बुटवलबाट आएको हुँ उतै सानोतिनो जागिर छ मेरो । आखिर छेउमा राम्री केटी भैसकेपछी त्यतिसम्म झुट त बोल्नै प¥यो नि हैन ? मैले भनें ’अनि उसले तपाईंको कुरामा बिश्वास गरि त ?’ किन नगर्नु गरिहाली नि ।
हुलिया, कुरा गर्ने शैली र फुर्ती देखेपछि नपत्त्याउनु पनि कसरी । झन त्यही गाडिको अर्को साइडको सिटमा एकजना चिनेको साथी पनि रहेछ । उ काठमाडौबाट आएको थियो अनि उसले मलाई सोध्यो ’ओहो! सर कता हुनुहुन्छ आजभोलि ? कुन अफिसमा काम गर्दै हुनुहुन्छ ?’ मैले भन्दिहालेँ म बुटवलबाट आएको हुँ । उतै जागीर छ मेरो । त्यसैमाथी उसले जोडिहाल्यो ’किन नहोस् त तपाईं त पहिलादेखीनै जेहन्दार र इमानदार विद्यार्थी जो हुनुहुन्छ ।’ साहेद उसले मेरो मनोभावना बुझेछ त्यसैले त्यसरी कुरा गरेको हो । आखिर उ पनि एक पुरुषनै त हो । उसको यतिको प्रसंसाले केटीलाई झन आकर्षित प्रभावित गरिहाल्यो ।
म यसरी कुरा गर्दै छु जसरी कि म साच्चिकै जागीरे हुँ । अझ भन्दै पनि छु, यो सानोतिनो जागीरले त जिन्दगी चलाउन साच्चिकै सजिलो छैन स्थायी जागीरको लागि तयारी गरेको तर अहिलेसम्म सफल हुनै सकेको छैनँ । सोझो मान्छे परियो, न धन छ न पावरनै । त्यसैले जतिनै योग्य भएपनि योग्यता अनुकुलको स्थान पाउनै सकिनँ । यस्तै यस्तै कुरा गर्दै म उसको मानसपटलमा हावी हुँदै थिएँ बिस्तारै । मैले गरिरहेका सबै कुरा सत्य होइनन् भन्ने केवल मलाई थाहा थियो अनि साहेद ध्यान दिएर सुनेको भए त्यो अर्को साइडमा बसेको पुर्व क्लासमेटले पनि महसुस गरेको थियो होला ।
हामी कुराकानीको गहिराइमा पुगिरहेका थियौं । उसलाई आकर्षित गर्ने मिसनमा म क्रमशः सफलता हासिल गर्दै थिएँ अनि उसको रुप यौवनले मलाई पनि उसको आशक्तीको सागरमा चोपलिरहेको थियो । त्यतिकैमा फोन आयो । फोन हेरेँ श्रीमतीको रहेछ भारतबाट फोन आएको थियो । उसले मेरो फोनको स्क्रीनमा दौडिएको +९१ को कोड सहित आएको नम्बर नदेखोस भनेर हत्तपत्त फोन उठाएँ अनि कुरा गर्न थालेँ ’हजुर मेडम! सन्चै हुनुहुन्छ ? म नेपालगन्ज बाट जाजरकोट जाँदै छु । रात्री बस हो बिहान मात्रै पुग्छु । अहिले सुन्न मुस्किल भैरहेको छ म भोलि कल गर्ने छु ।’ आफ्नै सुरमा बोलेर सक्याएँ । तर उताबाट श्रीमतीले भन्दै थिइ ’ओहो! कस्तो चटक पारेर कुरा गर्छ बाँदर । साहेद छेउमा तरुनी राखेको होला अनि ।’ मैले हत्तपत्त फोन राखिदिएँ ।
मैले खुबै चलाख भएर फोन उठाएँ सोचेको तर उसको आँखाले मेरो फोनको स्क्रिनमा भएका तेह्र अंकको नम्बर देखिहालीछे । अनि भनी कसको फोन हो ? मैले कहानी बनाउँदै जवाफ दिएँ ’केन्द्रिय कार्यालय काठमाडौको मेडमले कल गर्नुभएको तर के कामको लागि हो थाहा भएन ।’ अनि उसले भनी ’काठमाडौको नम्बर पनि यति लामो हुन्छ र ?’ अब कथा अर्को बनाउनुपर्ने भयो । मैले भनेँ ’यो अफिसियल नम्बर हो त्यसैले ।’ उसले पत्त्याइ या पत्त्याइन थाहा भएन तर समर्थनको संकेतमा टाउको हल्लाई । अब साँझ छिप्पिदै गयो, अन्धकार चारैतिर हावी हुँदै थियो अनि त्यही बेगमा म भित्र बासना पनि चरमोत्कर्षमा पुग्दै थियो । मुखले बोलिरहेका प्रत्येक शब्द त सरल र सकारात्मक थिए तर मनले बोलिरहेका भावहरुमा भने कामुकता घुलेको थियो । धेरै थरिका कुराकानी हुँदै गए ।
जति कुराकानीको गहिराई बढ्दै गए उति हामी भौतिक र भावनात्मक रुपले समेत स्वतन्त्र र अनुरक्त हुँदै छौँ जस्तो लाग्दै थियो । अर्थात् अब हाम्रो बिचमा केही बाधा थिएन । न कोहि व्यक्ति, न बस्तु अनि न उज्यालोनै । त्यसैले उसको मेरो बिचको भौतिक फसाललाई बिस्तारै कम गर्दै म उसँग टाँसिन पुग्दै थिएँ र त्यसमा उसको पनि कुनै आपत्ति थिएन ।
बिस्तारै महसुस गर्दै थिएँ कि अब केही पुर्वाग्रह र केही मापदण्ड हाम्रो बिचमा छैनन् ।
यतिकैमा उसले एक प्रश्न गरि ’तपाईंको बिहे भयो ?’ मैले हाँस्दै जवाफ दिएँ ’न धन न रुप न केही पद र उच्च प्रतिष्ठा, अनि हामी जस्तो मान्छेलाई कसले पत्त्याउँछ र ? त्यसैले त यत्रो पाको उमेरसम्म पनि एक्लो जीवन जिउँनु परेको छ ।’ उसले भनी ’तपाईंको उमेर कति भयो र ? यति निराश हुनुपर्ने जस्तो त देख्दिनँ म ।’ मैले भनेँ ’कति जस्तो लाग्छु तपाईंको बिचारमा ?’ ’उम… त्यस्तै बाईस त्याइस सम्म जस्तो लाग्छ ।’ अनि मैले उसको भनाइ सँग सहमति जनाएँ र भनेँ म त्याइस बर्षकोनै भएँ ।’ हुनत म तीसको सेरोफेरोमा छु तैपनि उसको आँखाले त्याइसनै देख्यो ।
अनि उ भन्दै थिइ ’यति राम्रो हुनुहुन्छ, पढेलेखेको र जागीरे पनि हुनुहुन्छ अनि तपाईंले केटी नपाए कसले पाउँछ र ?’ उसको कुराले बताउँथ्यो कि उ पनि म प्रती उतिनै आकर्षित छे । अनि भनेँ ’खोइ अहिलेसम्म कोहिले चाहेनन् हाम्लाई अनि के भन्नु ।’ ’चाहेर पनि भन्न नसक्ने पनि थुप्रै होलान नि।’ उसले फेरि थपी अनि मैले पनि भनेँ ’खोइ त्यस्तो त को होला र । आफुले चाहेकाले आफुलाई चाहाँदैनन् आफुलाई चाहानेले भन्दैनन भने कसरी जीवनसाथी पाउनु ।’ अब यहि अवसरमा मैले जोडिहालेँ ’बरु तिमी जत्तिको केटी पाए त जिन्दगी सफल हुन्थ्यो होला ।’ उसले लजाए जस्तो गरेर बोली ’साच्चिकै त्यस्तो लाग्छ र हजुरलाई ?’
हो साच्चिकै मलाई यस्तै लागिरहेछ । बरु तिम्रो कोहि छ छैन कुन्नी ? उसको जवाफ थियो ’कोहि छैन मेरो, सिंगल हो म पनि ।’ उसले यति भनेपछि बाँकी के चाहियो र । अनि मैले यो स्वर्णिम अवसरलाई हिरामा बदल्ने ध्ययले भनिहालेँ ’तिमी मलाई साह्रै मन प¥यो, यदि तिमीले स्वीकार गर्न सक्छ्यौ भने हाम्रो सम्बन्धलाई जीवनपर्यन्तको लागि सुनिश्चित गरौँन त ।’ उसले भन्दै थिइ ’खोइ भाग्यमा के लेखेको छ कसलाई के थाहा । मन परेर मात्रै भएन भाग्यमा लेखिएको पनि हुनुपर्छ भन्छन ।’ उसको यो भनाइ पनि हरित संकेतनै थियो ।
अब मैले फुर्तिको साथ भनेँ ’भाग्य कसले लेखिदिन्छ र ? यो त आफैले हो लेख्नुपर्ने । चाहाना भए भाग्य जित्न सकिन्छ नि ।’ उसले मेरो कुरामा सहमत भइहाली । यता मेरो मनमा भने लड्डु फुट्दै थियो । खुशीले अन्तरंग रोमान्चित हुँदै थियो । हृदय प्रफुल्लित थियो । अनि सोचिरहेको थिएँ, वास्तवमै आज साइतमा हिँडिएछ । यतिसम्म कुरा भैसकेपछी झनै सजिलो भयो । अब उसको र मेरो बिचको भौतिक दुरि पनि कायम रहेन । टाँसिएर अंगालो मारेर बस्ने भइयो । यसमा उसलाई पनि कुनै आपत्ति थिएन । उ आफै मलाई अंगालो हालेर बस्थी अनि घरीघरी मेरो काखमा सुत्थी पनि । यस्तै सिलसिलामा यात्रा छिन्चुसम्म पुगेछ ।
गाडी रोकियो अनि भन्दै थियो कसैले ’ल खाना खान झरौँ है, खाना खाने ठाउँ आइपुग्यो ।’ सबै झर्न थाले गाडीबाट । मैले भनेँ ’जाउँ खाना खान ।’ ’नाइँ मलाई केही खान मन छैन हजुर गएर खाएर आउनु ।’ एकाएक उसको शब्दबाट ’दाइ’ भन्ने शब्दनै गायब भयो । मैले कर गरेँ खाना खानको लागि । अनि गयौं दुबैजना खाना खाने ठाउँतिर ।
खाना खान खासै समय लागेन । अझ उसले थोरै मात्रै खाएर उठि । खानाको बिल तिरेँ अनि हामी बाहिर अलिकता टहलेर छिटै गयौं गाडीमा । हाम्रो साधारण कुराकानी अब प्रेमील कुराकानीमा रुपान्तरित भैसकेका थिए । एकैछिनमा गाडी अगाडि बढ्यो । यतिञ्जेल हामी पुर्ण रुपले प्रेमी–प्रेमीकामा स्थापित भैसकेका थियौँ । हामी भित्रका समग्र अप्ठ्यारा कल्मष र द्विबिधाहरु समाप्त भैसकेका थिए । म उसको र उ मेरै हुने स्थितिसम्म पुगिसकेका थियौँ ।
त्यो अप्रत्याशित ठोक्काइबाट सुरु भएको यो यात्रा अब कुन गन्तव्यमा पुगेर बिराम लिने हो थाहा छैन तर निरन्तर अघि बढिरहेको छ । निकै समय एकअर्कामा टाँसिएर बहुत धेरै प्रेमील बात मा¥यौँ । अब बिस्तारै उ मेरो आडमा ढल्किदै थिइ, मानौं कि उसलाई निद्रा नामको भाङले गाँजिसकेको छ । तर साच्चिकै निद्रानै होकि निद्राको बहाना मात्रै हो त्यो त उसैलाई थाहा होला । अब ममा पनि कुनै संकोच बाँकी रहेन । हातले तानेर उसलाई आफ्नै काखमा सुताएँ । अनि मेरा हात उसको पिठ्युँ माथी थिए । उ निदाएको जस्तो गरेकी थिइ । उसमा बढेको प्रचण्ड गर्मी र भरिलो यौवनको उकुसमुकुसता म स्वतः रुपले महसुस गरिरहेको थिएँ । उसको कोमल शरीरबाट निस्केको ताप अनि उसको नाकबाट निस्किरहेको तातो हावाले मलाई छुट्टै अनुभुति दिइरहेको थियो ।
म त्यो अनुभुतिलाई न अप्ठ्यारो भन्न सक्छु न त सजिलोनै । तर उसको शरीरले मेरो शरीरलाई गरिरहेको स्पर्श अनि उबाट निस्किरहेको यौवनको सुगन्ध अनि तापले ममा पनि कामनाको गर्मीले चढ्न विवश बनाएको थियो । भित्रबाट गर्मी बढ्दै थियो तर त्यो गर्मिलाई तिव्र बेगमा दौडिरहेको रात्री बसको झ्यालबाट सिधा शरीरमा हानिएको हावाले केही सित्तल गराएको महसुस गर्दै थिएँ ।
रात्री बसको बेग त जोकोहीलाई थाहा भएकै कुरा हो अनि त्यो अवस्थामा कोहि आफ्नो शरीरको बिछ्यौना बनाएर सुतिदिएको छ भने त्यहाँ कमता असहज हुँदैन । त्यसैमा पनि अझ रुप यौवनले पुर्ण एक कन्याको शरीर मेरो शरीरलाई बिछ्यौना बनाइरहेको छ । उसको टाउको सहित माथिल्लो शरीरको ठूलो हिस्सा मेरो काखमा छ । मेरो खुट्टाको माथिल्लो भागमा उसका शरीरका सुन्दर संवेदनशील अंगहरु बेस्सरी लडिबुडी खेल्दै छन । हुनत त्यो अवस्था यस्तो थियो कि मानिसलाई निद्रानै लाग्दैन तर उ निदाएजस्तो मात्रै गरिरहेकी थिइ भन्ने मैले बुझेको थिएँ ।
मेरो शरीरमाथिको उसको सुताइ अनि आफ्नो शरीरबाट छरिरहेको यौवनको सुगन्ध तथा बढिरहेको गर्मिले मलाई संकेत गरिरहेको थियो कि, तिमी स्वतन्त्र छौ जे पनि गर । उसको नाकबाट कम्पन र थरथराहटको साथ निस्किरहेको तातो हावाले मलाई स्वतन्त्रताको साथ पेश हुन आह्वान गरिरहेको जस्तो लाग्थ्यो । त्यसैत पुरुषको कामुक मन, त्यहिमाथी सौन्दर्यको प्रतिमुर्ति काखमा, अझ भएन रात्रीको सुनसान समय । म भित्र के बितिरहेको थियो भन्ने कुराको सजिलैसँग अन्दाजा लगाउन सक्छन मजस्ता पुरुषहरुले । जति गाडिको बेग बढ्दै थियो उतिनै म भित्रको बासनाको उत्तेजना पनि तिब्र रुपले बढिरहेको थियो । जति मानिसको चहलपहल घटिरहेको थियो उतिनै म भित्रको पुरुषरुपी राक्षसको धैर्यता पनि क्षीण हुँदै थियो ।
लगभग सबैजना सुतिसकेको भान भइरहेको थियो । गाडीमा बजिरहेको संगित कुन्नी कतिबेला हो बन्द भैसकेछ थाहा भएन । गुरु जि आफ्नै धुनमा गाडी हाँकिरहेका थिए । सहचालक कुन्नी कताको कुनामा थिए ध्यानै भएन । उ मस्त सँग निदाएकी थिइ या निदाएजस्तो गरिरहेकी थिइ । अनि म हजार थरिका कुटिल पापका बिचारहरु बटुल्दै थिएँ । यस्तो अवस्थामा निद्रा आवस पनि कसरी । मैले त सबथोक भुलिसकेँ । आफैलाई पनि भुलिसकेँ । ध्यान छ त केवल मेरो काखमा असरल्ल परेकी रतिस्वरुपी युवतिको अनि ध्यान छ त केवल उबाट उतसर्जित कामरुपी सुगन्धको ।
म बिस्तारै स्खलित हुन थालेँ । म आफुमा आफै रहिनँ । अब म भित्रको पुरुषरुपि राक्षस बिस्तारै पापको बिष बोकेर मडारिन थाल्यो । मेरा औलाहरु थरथराहटको साथ चल्न सुरु गरे । उसको पिठ्युँको आँगनमा घाइते नाग जस्तै मेरा औंलाहरु बेदनापुर्ण शैलीमा हलचल गरिरहेका थिए । मैले जे गरुँ उसको लागि अस्वीकार्य थिएन । बिस्तारै मेरा हातहरु पिठ्युँबाट उक्लिएर उसको गाला अनि ओठतर्फ हानिए ।
उसका मसिना गालाहरु अनि उसका रसयुक्त कोमल ओठहरुमा मेरा औंलाले उन्मुक्त भएरनै खेलिरहेका थिए । अब उ पनि आफ्नो मौन समाधी तोडेर मलाई साथ दिन थाली । मेरा हातहरु अब बिस्तारै उसको छातीतर्फ ओर्लिए । उसका छातिको आँगनमा मेरा हातहरु स्वतन्त्र र उन्मुक्त दौडिन थाले । समाहित भइरहेका थियौँ एकअर्कामा । अब हामी कामुकताको चरमोत्कर्षमा पुगेर स्खलित भइरहेका थियौँ दुबैजना । एकअर्काको अंगालोमा बाँधिएर स्पर्श सुखको सागरमा डुबुल्की मार्दै थियौँ । यतिकैमा गाडी जाजरकोट बसपार्क पुगेर अडियो ।
ओहो ! कति चाँडै पुगियो जाजरकोट । जाजरकोट उत्रीनेहरु गाडीबाट उत्रीदै थिए अनि हाम्रो गन्तव्य पनि आज त्यहीँसम्म थियो । मोबाईल निकालेर समय हेरेँ भर्खरै बिहानको दुई बज्दै रहेछ । अझै सुत्ने समय थियो र होटलहरु सुतेकै थिए । समस्यामा हामी प¥यौं । कहाँ जाने अनि कहाँ बस्ने । उज्यालोलाई आमन्त्रण गरिरहेको रातको तिहाइ अंश कसरी कटाउने । कोठा त छ जाजरकोटमा तर त्यहाँ आफ्नै सालो केटो बस्दै छ । आफ्नोलागि त कुनै समस्या भएन तर साथमा केटी लिएर गएपछि के भनेर कुरा मिलाउने र के भनेर बस्ने ? समस्याको गाँठो अब परेको छ । छुट्टिएर पनि उसलाई कहाँ पठाउने ? फेरि अझै पूरा गर्नुपर्ने कामनाका मापदण्ड बाँकिनै छन ।
मनभित्र उर्लिरहेको बासनारुपी पाकको छालहरु शान्त गराउनु छ । तर उसलाई लिएर कोठामा गएमा आफ्ना आकांक्षाहरु अधुरै रहने छन । उसलाई त्यहाँ बसाउन त सकिएला बहिनि या साथी भनेर तर…. । अब जे पर्ला पर्ला भनेर सालो केटोलाई फोन लाएँ । उसले फोन उठायो र निद्राकै स्वरमा भन्यो ’भिनाजु तपाईंको लागि मैले कोठा खाली छोडेको छु म चाहिँ साथिको कोठामा छु र बिहान ट्युसन जानेबेला मात्रै आउँछु । साँचो ढोकाको माथितिर खोज्नुहोला ।’ उसले फोन राखिदियो । अब मनै फुरुङ्ग भयो । सबै समस्याको हल निस्कियो । अनि उसलाई लिएर गएँ कोठामा । सुत्नको लागि खाट एउटै थियो र कपडा पनि एकजोडा मात्रै त्यसैले एउटै खाटमा सुत्नुपर्ने भयो । फेरि चाहेको पनि त्यहित हो । अनि सुत्यौँ एउटै खाटमा ।
फेरि निद्रा कहाँ आउनु र । मनमा उर्लिएको ज्वाला शान्त नहोउन्जेल र शरीरमा दौडिएको बासनाको ज्वार मत्थर नहोउन्जेल । अनि फेरि म उन्मुक्त उसलाई स्पर्श गर्न थालेँ । अब सबै सिमाहरु म पार गर्दै थिएँ । रतिक्रीयाको चरम सिमामा पुग्दैगर्दा उसले भनी ’बिहेपुर्व यो सब बर्जित र अनुचित हो त्यसैले हामीले यो मुकामसम्म नपुगौँ ।’ अब उ इन्कार गर्न थाली तर मैले भनेँ ’तिमी हुने मेरै हो अनि म हुने तिम्रै हो भने हाम्रो बिचमा अब के औपचारिकता चाहियो र ?’ तथापि उ इन्कार गर्दै थिइ ।’ म पनि के कम ? मनभित्र पापको भकारी राखेर मुखले आदर्शपुर्ण शब्द पोख्दै उसलाई फकाएँ । उसलाई मनाउन खासै समय लागेन ।
किनकी उ पनि चाहान्थी यौवनको ज्वार शान्त गर्न तर त्यो उसको एक भुमिका मात्रै थियो । हामी चाँडै बिहे गर्नेछौं भन्ने बाचाको साथ हावी भयौं एकअर्कामा अनि लुट्यौँ दुबैले एकअर्काबाट रतिसुख । शरीरको कुनाकुना सम्म दौडियौँ, पसिनै होउँञ्जेल दौडियौँ अनि थाकेर एकअर्काको अंगालोमै विश्राम लियौँ । यतिञ्जेल हामी प्रेमी–प्रेमीका थिएनौं बरु श्रीमान–श्रीमती भैसकेका थियौँ । त्यसैले पनि केही मापदण्ड र केहि नैतिकताका औपचारिक सिमाहरुले हामीलाई बाँध्न सकेनन् । हामी दुनियाँ भुलेर होमियौँ एक–अर्कामा अनि दुनियाँका कुनैपनी मर्यादाले रोकेनन् हामीलाई । उज्यालो हुनुपुर्व बचेको सबै रात्रीलाई उपयोग ग¥यौं एकअर्काबाट रतिसुख लुट्नमै अनि बिस्तारै बिहानीको संकेत देइयो ।
छिमेकमा भाले बास्नथाले । अब मनमा भय उत्पन्न हुँदै छ कि कतै त्यही समयमा सालो केटोको उपस्थिति नझुल्कियो । अतः मैले उसलाई अब जानुपर्छ भनेर उठाएँ र गएर हत्तपत्त कालिमाटीको पहिलो गाडिकै टिकट किनेर हानियौँ बारेकोटको यात्रामा । अनि त्यो दिनभरको उसँगको यात्रा सुन्दर र अविस्मरणीय बन्यो । सबैभन्दा अविस्मरणीय त उसँगको रात्रीको यात्रानै छ । दिनको उत्तरार्धमा पुग्यौं लिम्साको थुम्कोमा एक प्रेमी–प्रेमीकाको रुपमा र त्यहीँबाट छुट्टियौँ आ–आफ्नो घरतर्फ । फेरि छिट्टै भेट्ने बाचाको साथ छुट्टिएका हामी अहिलेसम्म सम्पर्कमा छैनौं । किनकी त्यहाँ केवल पाप र कामना थियो प्रेम थिएन त्यसैले सम्पर्क नम्बर माग्न र दिन भुलियो ।
उनको कथा सकियो । अनि म मौन र स्तब्ध छु । शब्दबिहिन छु र तर्कबिहिन छु । म सोच्दै छु नेपालगन्ज देखि जाजरकोटको बिचमा करिब छ देखि सात घण्टाको बाटो छ तर त्यही बाटोको सुरुमा भेटिएका अपरिचित अनुहार बिचमै प्रेमी–प्रेमीका भए अनि बिचमै श्रीमान–श्रीमती पनि । सबै सिमा र मर्यादाहरु तोडिदिए । सबै नैतिकताका कडिहरु जिर्ण र धरासायी बनाएर लिप्त भए एकअर्कामा । यहाँ कसलाई सहि भन्नू अनि कसलाई गलत ।
आखिर यहि त होला कलिको प्रभाव पनि । म अझै सोचिरहेको छु, आखिर यहाँ बिश्वास कसको ? न कसैको श्रीमानको अनि न कसैको प्रेमीकाको । उनी दुई सन्तानको बाबू थिए अनि साहेद उनी पनि कसैकी प्रेमिका थिइन । बस् दुबैले सबै सिमा र मर्यादा तोडे । दुबैले बिश्वास नामको धज्जी उडाए । उनको बहादुरी र गर्वको साथ सुनाएको कथालाई लिपिबद्ध गर्दाको यो पलसम्म पनि म भित्रको सवाल उस्तै उर्लिरहेको छ । म अझै सोच्दै छु कि ’आखिर बिश्वास कसको अनि दोष कसको ?’
















































। २० श्रावण २०७९, शुक्रबार