दुर्गमका महिलाको पीडाः बाटोमै सुत्केरी,पाँच घण्टा हिडेर स्वास्थ्य संस्था !

No description available.

जाजरकोट । भौगोलिक विकटता,प्रसूतिगृह टाढा हुनु, परिवारको लाप्रबाही, परिवारको आर्थिक अवस्था लगायत कारण ग्रामिण क्षेत्रका महिला बाटोमै सुत्केरी हुन बाध्य छन् । जिल्लाको बारेकोट गाउँपालिका मुल्सामकी २१ वर्षिया मिना नेपालीलाई सोमबार सुत्केरी ब्यथाले च्यापेपछि स्वास्थ्य चौकी लैजाने जोहो गरियो ।

बर्खाको बाटो, सामान्य मानिसलाई हिडेर लिम्सा पुग्न करिब ४ घण्टा लाग्छ । साउने झरीमा सुत्केरीलाई स्ट्रेचरमा बोकेर त्यति टाढाको बर्थिङसेन्टर मा पुर्याउनु कम्ती कठिन थिएन । तैपनि मिनालाई स्वास्थ्य संस्था पुर्याउनु पर्ने बाध्यता थियो । उनलाई स्वास्थ्य संस्था नपु¥याउदै बाटोमै बच्चा जन्माइन ।

No description available.

बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता भोग्ने मिना एक्ली होइनन् । बारेकोटमा हरेक महिना जसो यस्ता घटना बाहिर आउँछन्, जसले बारेकोट गाउँपालिकाले सुरक्षित सुत्केरी गराएको भनी रिपोर्टमा १ नम्बर रहेको भएपनि समग्र पालिकाको स्वास्थ्य अवस्थाको कमजोर चित्र उजागर गर्छन् ।

बारेकोटका आमाहरूका लागि प्रसूतिगृह नहुनु मात्रै दुर्भाग्य होइन, यातायात सुविधा नहुनु प्रमुख समस्या हो । कतिपय ठाउँमा सडक सुविधा पुगेको छैन,’ बारेकोटको मुल्सामका एक स्थानीय भन्छन्, ‘स्वास्थ्य संस्थासम्म पुग्न सडक छैन कतै सडक भए पनि एम्बुलेन्सको सुविधा हुँदैन, यसले गर्दा यहाँका महिला असुरक्षित ढंगले बाटोमै सुत्केरी हुन्छन् ।’

बाटोमै सुत्केरी भएपनी स्वास्थ चौकी पुगेर नाम टिपाउने र यातायात खर्च लिने गरेकोले बाटोमा सुत्केरी भएको तथ्यांक स्वास्थ संस्थामा राखिएको भेटिदैन् ।

No description available.

यो बर्ष भित्रै बारेकोटको मुल्साममा वर्थिङ्ग सेन्टर बन्छ : अध्यक्ष गिरी
बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले यो बर्ष भित्रै मुल्साममा वर्थिङ्ग सेन्टर बन्ने बताएका छन् । हाम्रो पहुँच डटकम सँग कुराकानी गर्दै यो आर्थिक बर्षमा मुल्साममा वर्थिङ्ग सेन्टर बनाउने बताएका हुन् ।

उनले भने, ‘मुल्सामका महिलाहरुको पीडाले मेरो गम्भीर ध्यानाकर्षण भएको छ, यो आर्थिक बर्षमै त्यहाँका महिलाहरुलाई सुरक्षित सुत्केरी गराउन मिल्ने वर्थिङ्ग सेन्टर बनाउँछौं ।’ गाउँपालिकाको नीति तथा कार्यक्रममा समेत वर्थिङ्ग सेन्टर समेटिएको अध्यक्ष गिरीले बताए ।

अघिल्लो स्थानीय सरकारले मुल्सामवासीलाई उपेक्षा गरेको स्थानीयको आरोप छ । सडक सञ्जालले नछोएको मुल्साममा सुरक्षित सुत्केरी गराउन अहिले झन्डै पाँच घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ ।

तपाईको प्रतिक्रिया