
जाजरकोट । बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले यो बर्ष भित्रै मुल्साममा वर्थिङ्ग सेन्टर बन्ने बताएका छन् । हाम्रो पहुँच डटकम सँग कुराकानी गर्दै यो आर्थिक बर्षमा मुल्साममा वर्थिङ्ग सेन्टर बनाउने बताएका हुन् ।
उनले भने, ‘मुल्सामका महिलाहरुको पीडाले मेरो गम्भीर ध्यानाकर्षण भएको छ, यो आर्थिक बर्षमै त्यहाँका महिलाहरुलाई सुरक्षित सुत्केरी गराउन मिल्ने वर्थिङ्ग सेन्टर बनाउँछौं ।’
गाउँपालिकाको नीति तथा कार्यक्रममा समेत वर्थिङ्ग सेन्टर समेटिएको अध्यक्ष गिरीले बताए ।
अघिल्लो स्थानीय सरकारले मुल्सामवासीलाई उपेक्षा गरेको स्थानीयको आरोप छ । सडक सञ्जालले नछोएको मुल्साममा सुरक्षित सुत्केरी गराउन अहिले झन्डै पाँच घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ ।
















































। १६ श्रावण २०७९, सोमबार