
Files Photo
जाजरकोट । मदिरा सेवन गरी विद्यालय आएको आरोपमा एक विद्यालयका प्रधानध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सदरमुकाम खलंगा स्थित त्रिभुवन माद्यामिक विद्यालयका प्रधानध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरिएको हो ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जाजरकोटको समन्वयमा मल्ललाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार पक्राउ गरी जिल्ला अस्पताल जाजरकोटमा मेडिकल चेकजाँचका लागि लगिएको छ । उनले भने, ‘मदिरा सेवन गरी विद्यालय आएको आरोप लगाईएको छ, त्यसको चेकजाँचका लागि अस्पताल पठाईएको छ ।’
अस्पतालको रिपोर्टको आधारमा पक्रिया अघि बढाईने पन्तले बताए । सोमबार विहान विद्यालयमा मदिरा सेवन गरी आएको गोप्य सूचनाका आधारमा अखिल क्रान्तिकारीले प्रहरीलाई खबर गरेको थियो ।
















































। १६ श्रावण २०७९, सोमबार