
जाजरकोट । नेपाली काँग्रेसका यूवा नेता एवं समाजसेवी स्व.रविन्द्र शम्शेर शाहलाई सरकारले शहिद घोषणा गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले २०७४ साल माघ ३ शहिद घोषणा गरेको हो ।
२०७३ सालमा जिल्ला अस्पताल नजिकै जाजरकोट– डोल्पा सडकमा ७÷८ जनाको अपरिचत समुहले ढुंगाले हानेर शाहको हत्या गरेको थियो ।
नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लागेका शाह समाजसेवीका नामले समेत चिनिन्थे । पाँचतारा यूवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष समेत थिए । जाजरकोट जिल्ला भेरी नगरपालिका ३ स्थायी ठेगाना भएका शाह जाजरकोटकै आशा लाग्दो यूवा नेता थिए ।

















































। १३ श्रावण २०७९, शुक्रबार