राष्ट्रिय भुमि आयोग र बारेकोट गाउँपालिकावीच सम्झौता

May be an image of 4 people, people sitting and people standing
जाजरकोट । राष्ट्रिय भूमि आयोग र बारेकोट गाउँपालिकावीच सम्झौता भएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी आयोगको केन्द्रीय कार्यालय ताहाचल काठमाडौं पुगि सम्झौता गरेका हुन् ।

बारेकोट गाउँपालिका भित्रका भूमिहीन दलित, सुकुम्वासीलाई जग्गा वितरण गर्ने गरी सम्झौता गरिएको अध्यक्ष गिरीले जानकारी दिए ।
उनले भने, ‘गाउँपालिका भित्रका भुमिहीन र अव्यवस्थित बसोवास गरेकाहरुको समस्या समाधानका लागि काम अगाडि बढाउनेछु ।’

यस्तै, जिल्लाको जुनीचाँदे गाउँपालिकाले पनि सम्झौता गरेको छ । केही समय पहिले गाउँपालिका अध्यक्ष वेदबहादुर शाही आयोगको कार्यालय पुगी सम्झौता गरेका थिए ।

तपाईको प्रतिक्रिया