हिमपातले जनजीवन कष्टकर बन्दै, वार्षिक परीक्षामा लेख्न विद्यार्थीलाई समस्या

हरीबहादुर नेपाली, जाजरकोट । हिमपातका कारण जाजरकोटको बारेकोट गाउँपालिकाको शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । गाउँपालिकाको वडा नं. ३ मुल्साम स्थित दीपेन्द्र माद्यामिक विद्यालयका विद्यार्थी वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् ।

हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको विद्यालयका प्रधानध्यापक गोपाल केएम ले जानकारी दिए । विद्यार्थी परीक्षामा लेख्न नसकेर हैरान भएको उनले बताए । साना साना बालबालिका चिसोका कारण लेख्दा, लेख्दै रुने, कराउने गर्न थालेको उनको भनाई छ ।

त्यस्तै हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी प्रभाव पार्ने गरेको छ । चिसोले गर्दा घरबाहिर निस्केर काम गर्न कठिन भएको स्थानीय मिलन विकले जानकारी दिए । फर्निचर अभावले विद्यार्थीलाई परीक्षा दिन निकै समस्या परेको छ ।

पशुचौपायलाई घाँसको अभाव भएको छ । हिउँदको समयमा स्थानीयले पशुलाई खुवाउने घाँस सुरक्षित राखेपनी अहिले समस्या भएको स्थानीय किसानको भनाई छ ।

तपाईको प्रतिक्रिया