लिबियाको राजधानी त्रिपोलीमा झडप, ५ जनाको मृत्यु

लिबिया
लिबियाको राजधानी त्रिपोलीमा प्रतिद्वन्द्वी गुटहरूबीच झडप हुँदा पाँच जनाको मृत्यु भएको छ । राजधानी त्रिपोलीको ऐन जारा क्षेत्रमा राष्ट्रपति परिषद्को सुरक्षा बल र स्पेशल डिटेरेन्स फोर्सबीच झडप भएको थियो । अहिले सो क्षेत्रमा ठुलो सङ्ख्यामा सैनिक परिचालन गरिएको छ ।

लिबियाको एम्बुलेन्स र आपतकालिन सेवाका प्रवक्ता ओसामा अलीले घटनामा पाँच जनाको मृत्यु भएको बताउनुभयो । अन्य थुप्रै ब्यक्तिहरू गम्भिर घाईते भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने अलीले बताउनुभयो । लिबियामा जारी राजनीतिक गतिरोधले नयाँ द्वन्द्व निम्त्याउन सक्ने चिन्ता बढेको बिबिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया