
रमेश बस्नेत
कुशे । जिल्लाको कुशे गाउँपालिकामा बर्खा लागे देखि हिड्न र मोटरसाइकल ओहरदोहरमा सास्ती व्यहोरिरहेका कुशे बासीका लागि लहरे खोलामा मोटरबाटो बनेपछि आवतजावतमा सहज भएको छ ।
कुशे गाउँपालिका ६ को लहरे खोलामा बनेको पुल सम्म मोटर बाटो बनेपछि सधैको बर्खा झै सास्ती ब्यहोरिरहेका कुशेका जनताहरू खुसी भएका छन् ।
गत असार ३० गते गाउँपालिका देखि पाँचकाटिया जोडने लहरे खोलामा मोटरबाटो निर्माण कार्यमा नेपाल प्रहरीको टोली र कुशे ६ पिप्से गाउँका जनता मिलेर मोटरबाटो निर्माण भएपछि सवारी साधन आवतजावत गर्न सहज वनेको स्थानीय बताउछन् । कुशे गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को बजेटबाट भुक्तानी हुने गरि मोटरबाटो निर्माण गर्न लगाएको र यो मोटरबाटोले कुशेबासीलाई सहज हुने गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

यसैगरी कुशे गाउँपालिकामा रहेको प्रहरी चौकी थर्पु भार्माले घरेलु मदिरा नष्ट गरेको छ । असार ३२ गते प्रहरी सहायक निरीक्षक धनबहादुर सिंह ठकुरीको कमाण्डमा खटिएको टोलीले कुशे गाउँपालिका वडा नं. ६ पिप्से, तर्पेना र धि गाउँमा घरेलु मधिरा र घरेलु मधिरा बनाउने कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ ।
गस्ती टोलीले चेकजाँच गर्ने क्रममा घरेलु मधिरा पिप्से गाउँबाट अन्दाजी ५० लिटर र घरेलु मधिरा बनाउने कच्चा पदार्थ पाँच सय लिटर त्यसै गरि तर्पेना र धि गाउँबाट घरेलु मधिरा ३० लिटर र घरेलु मधिरा बनाउने कच्चा पदार्थ ३०० लिटर नियन्त्रणमा लिई नष्ट गरेको प्रहरी चौकी थर्पु भार्माका प्रहरी सहायक .निरीक्षक धन बहादुर सिंह ठकुरीले जानकारी दिए ।
















































। ६ श्रावण २०७९, शुक्रबार