कविता : देश हाँसिरहनेछ

रविन्द्र विश्वकर्मा ( RN)


मनभरी रहर
आत्माभरी कल्पना
कतीयौं सपनाहरु बोकेर
हिडिरहेका ति योद्दाहरु
जब उदाउछ सूर्य हुन्छ बिहानी
त्यही बिहानी सँगै
देशमा शान्ती, विकास,जनताका चाहानालाई
पुरा गर्न अठोट गरीरहेका
ती नेपाली माताका सपुतहरु
निराशा भईरहेछन् ।

देश आज रोहिरहेछ
देशमा कतीयौ क्र्रान्तिहरु भईरहेछन्
कतीयौ मानिसहरुले ज्यानको बलिदानी दिईरहेछन ।
तर बिडम्बना
क्र्रान्ति क्रान्ति जस्तो भईनछ यो देशमा
क्र्रान्ति सर्वहारा जनताका लागि रहिनछ् ।
जव क्र्रान्ति भएछ त दलाल पुँजीपति वर्गका लागी
देशका महापुरुषहरुले
यो देश त के देश ?

मलाई विजय बनाईदेउ
म देशलाई
स्वीजरल्यान्ड,अमेरिका,फ्रान्स,जापान बनाईदिने छु
नेपाली जनतासँग भनिरहेछन्
विचरा !
कति सोझा नेपाली जनता
दिईरहेछन भोट उसैलाई नै
वनाईरहेछन् विजय
बदलामा,

नेपाली जनताका दु ःख पिडा
अनैकौ सपनाहरु जस्ताको तस्तै भईरहेछन
नेपाली जनता नेपाली भुमिमानै रोईरहेछन
अनुरोध छ मेरो
नेपाली जनतासगं
हे नेपाली जनता
नेपाली भुमिका दुष्टहरुलाई चिन्न सिक
देशमा विकास गर्न सिक
देशलाई विश्व सामु चिनाउन सिक
अनी मात्र
तिमी बाँचिरहनेछौ ।।
देश बाँचिरहनेछ ,।।
तिमी हाँसिरहनेछौ ।।
देश हाँसिरहनेछ ।।

लेखक : विश्वकर्मा प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना कार्यान्वयन इकाई जाजरकोटमा सव इन्जिनियरको रुपमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया