एमालेसँग लड्न कांग्रेसले अन्य दललाई प्रयोग ग¥यो : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेसँग लड्नका लागि नेपाली कांग्रेसले अन्य दललाई प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

काठमाडौंमा पत्रकारसित उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनावमा कमजोर देखाउन कांग्रेस र अन्य दलले मिलेर काम गरिरहेको आरोप लगाए ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिल्दा पनि एमालेको लोकप्रिय मत बढेको दाबी उनले गरे । ‘पहिला हामीले ३३ प्रतिशत मत पाएका थियौं,’ पोखरेलले भने, ‘उनीहरु मिलेर लडेको चुनावमा हामीले ३४ प्रतशित मत पायौं ।’

पोखरेलले शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकार असंसदीय र निर्दलीय भएको आरोप पनि लगाए । एमालेले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउँदा विरोध भएकोले फिर्ता गरेको तर अहिले देउवाले संसदीय मर्म नै नराखी त्यस सम्बन्धी विधेयक ल्याएको आरोप उनले लगाए ।

तपाईको प्रतिक्रिया