स्पेनको तापक्रम ४५ डिग्री सेल्सियस पुग्यो, तातो हावा लु बाट ५१० जनाको मृत्यु


स्पेनमा तातो हावा लु का कारण गर्मि मौसम सुरू भएयतादेखि ५१० जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आजसम्म तातो हावा लुबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच सय १० पुगेको छ । मन्त्रालयले यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको बताएको छ ।

गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरूको मृत्यु हने क्रम पनि रोकिएको छैन् । स्वास्थ्य मन्त्रालयले तातो हावा सुरू भएको एक हप्ता जुलाई १० देखि १६ तारिखसम्म मात्रै १५० जनाको मृत्यु भएको जनाएको छ । त्यस यता पनि तातो हावाको असरले मृत्यु हुने क्रम नरोकिएको भन्दै अधिकारीहरूले हिजो सम्म ५१० जनाको मृत्यु भएको बताएका छन् । यसरी मृत्यु हुनेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन् ।

तपाईको प्रतिक्रिया