
खलंगा । जिल्ला अदालत जाजरकोटबाट दोषी ठहर भई रु १,६००। (एक हजार छ सय रुपैया) जरिवाना तोकिएका सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले प्रक्राउ गरेको छ । जिल्लाको नलगाड नगरपालिका ५ पोखरामा बस्ने २७ बर्षिय दिपक वलीलाई प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई सवारी ज्यान मुद्दाका फरार प्रतिवादी वलीलाई खोजतलासका खोजतलास गर्दै जाने क्रममा मिति२०७९।०३।२८ गते आफ्नै घरमा फेला पारी जरिवाना वापतको रकम रु.१,६००।(एक हजार छ सय रुपैया) लगत कट्टा गरी जिल्ला अदालत जाजरकोटमा वुझाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनकारी दिएको छ ।
















































। २७ असार २०७९, सोमबार