रिम्नामा लिप्ट सिंचाई सञ्चालनमा आएपछि स्थानीय हर्षित

No description available.
जाजरकोट । जिल्लाको भेरी नगरपालिका १ रिम्नामा लिप्ट सिंचाई सञ्चालन आएपछि स्थानीय हर्षित बनेका छन् ।

 कृषि विकास कार्यालय जाजरकोटको ८० प्रतिशत अनुदान र स्थानीय उपभोक्ताको २० प्रतिशत श्रमदान बाट लिप्ट सिंचाई आयोजना निर्माण भएपछि उनीहरु खुशी भएका हुन् ।

जम्मा २५ लाख लागतमा निर्माण भएको लिप्ट आयोजना बाट रिम्नाका १ सय भन्दा बढी घरधुरी लाभाम्वित भएको स्थानी दिनेश रानाले बताए ।

उनले भने, ‘हामी निकै हर्षित छौं, तल भेरी नदी बग्ने तर हाम्रो वारीमा कहिले पानी नपुग्ने समस्या टरेको छ ।’ लिप्ट सिंचाई आयोजनाको पानी सिंचाई मात्र नभई पिउन योग्य रहेको समेत अर्का स्थानीय वेकबहादुर रानाले बताए । उनले भने, ‘वारीमा सिंचाई मात्र होइन्, यो पानी पिउन समेत योग्य छ, फिल्टर गरेर नदी बाट माथि पानी आएको छ ।’

No description available.

रिम्नामा सिंचाई योजनाको आवश्यकता ठानेर कार्यालयले लिप्ट सिंचाई आयोजना निर्माण गरेको  कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालले जानकारी दिए । बनेको लिप्ट सिंचाई आयोजनाको संरक्षण गर्न समेत धितालले आग्रह गरे । भेरी नदी बाट सोलार बाट पावर दिएर पानी तान्ने काम गरिएको छ ।

बर्षाै देखि स्थानीयले गर्दे आएको खेतीपाती सँगै तरकारी वालीहरु समेत लगाउन किसानलाई राहत पुगेको छ ।

No description available.

तपाईको प्रतिक्रिया