
जाजरकोट । प्रहरीले अवैध गाँजाका २ सय बोटहरु नष्ट गरेको छ । जिल्लाको शिवालय गाउँपालिका ६ पौवामा अस्थाई प्रहरी कार्यालय थालरैकर बाट खटिएको प्रहरी टोलीले अवैध गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक मन्दिर थापाको कमाण्डमा खटिएको ४ जनाको प्रहरी टोली गस्ति गर्दै जाने क्रममा अवैध रुपमा लगाईएका गाँजाका बोटहरु नष्ट गरेको जनाईएको छ । पछिल्लो समय जाजरकोटमा प्रहरीले अवैध गाँजाका बोटहरु नष्ट गर्ने कामलाई निरन्तता दिएको छ ।
















































। २६ असार २०७९, आईतवार