चौध किसानलाई उन्नत जातका भैंसी


जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाका चौध किसानलाई उन्नत जातका भैसीहरु वितरण गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटको आर्थिक सहयोगमा वडा नं ७÷८ का चौध जना किसानलाई उन्नत जातको मुर्रा भैसी वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका कार्यालय प्रमुख जरबहादुर भक्रीले जानकारी दिए ।

कार्यालयको ७० प्रतिशत सहयोग र स्याउली साना किसान सहकारी संस्था लिमिटेडको ३० प्रतिशत आर्थिक सहयोगमा किसानले उन्नत जातका भैसी पाएका हुन् ।

उन्नत जातका भैसी पाएपछि स्थानी हर्षित बनेका छन् । ‘हामी एकदमै खुशी छौं, उन्नत जातका भैसी पाएका छौं’ स्थानीय तेजबहादुर खत्रीले भने । भैसीपालन व्यवसाय गरिरहेका किसानहरुलाई प्रोत्साहन गर्न भैसी वितरण गरिएको कार्यालयका सूचना अधिकारी तिलकबहादुर रानाले बताए ।

कार्यालयको १५ लाख र सहकारीको ४ लाख गरी जम्मा १९ लाख मुल्य बराबरका भैंसी वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया