१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

No description available.

जाजरकोट । जाजरकोटमा सञ्चालित तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरी नगरपालिकाले जितेको छ । नगरपालिकाको भेरी त्रिवेणी माद्यामिक विद्यालय रिम्नामा सञ्चालन गरिएको प्रतियोगिताको उपाधी जितेको हो ।

जसमा २१ स्वर्ण, ७ रजत २ कास्य सहित कुल ३१ पदकका साथ प्रथम भएको हो । यस्तै, ९ स्वर्ण, १८ रजत , २ कास्य सहित शिवालय गाउँपालिका दृतिय र ४ रजत , ९ कास्य सहित बारेकोट गाउँपालिकाले तृतीय स्थान हासिल गरेको छ ।

तीन बर्ष देखि कोरोनाले स्थिगित भएको शिल्डलाई यतिवेला चुनौतीका विच सम्पन्न गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरबहादुर बस्नेत ( एनवी) ले जानकारी दिए । असार १५ गते देखि संचालन भएको प्रतियोगिता १७ गते सम्म जिल्ला खेलकुद विकास समितिले सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया