कैदीबन्दीसँग जिल्ला न्यायधीशको अन्तरक्रिया

कारागारामा पुग्ने देशकै पहिलो जिल्ला न्यायधीश हुन् ।

जाजरकोट । जिल्ला कारागारका कैदी÷बन्दी सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अदालतको आयोजनामा ‘न्यायमा सबैको पहुँच’ सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो । प्रमाणका आधारमा अदालतले न्याय सम्पादन गर्ने जाजरकोट जिल्ला न्यायधीश यज्ञप्रसाद आचार्यले कैदी÷बन्दीसँगको कार्यक्रममा भनाई राखेका थिए ।

न्यायलाई पैसामा खरिद बिक्री गर्ने कोशिस गरिएका समाचारहरु पत्रपत्रिकामा प्रकाशित हुने गरेको चर्चा गर्दै जिल्ला न्यायधीश आचार्यले जिल्ला न्यायधीशको फैसलालाई उच्च तथा सर्वाेच्च अदालतका न्यायधीशले अन्तिम मुल्याङ्कण तथा फैसला गर्ने कानुनी ब्यबस्था रहेको जानकारी दिए ।

पौने दुई बर्षको अबधिमा आफुले गरेका कुनै पनि फैसलाहरु उच्च र सर्वोच्व अदालतले उल्ट्याएको रेकर्ड आफुले पाउन नसकेको न्याधीश आचार्यले दावी गरे ।

मिसिलमा कारागारका कैदी÷बन्दीहरु दोषी र अपराधी भएतापनि ब्यक्तिगत रुपमा दाजु–भाईको सम्बन्ध रहेको बताउदै न्यायधीश आचार्यले कैदी÷बन्दीहरुसंग मानवीय सम्बन्ध कायम राख्न अन्तरक्रिया गर्न आफु कारागार पुगेको बताए । आचार्य कैदी÷बन्दीहरुसंग अन्तरक्रिया गर्न कारागारामा पुग्ने देशकै पहिलो जिल्ला न्यायधीश हुन् ।

लोक सेवा आयोगले लिएको परीक्षा पास गरेर पहिलो पोष्टिङ्ग जाजरकोट जिल्ला अदालतमा भएका न्याधीश आचार्यले पौने दुई बर्षको अबधिमा कारागारमै पुगेर ४ पटक कैदी÷बन्दीसंग प्रत्यक्ष अन्तरक्रिया गरिसकेका छन् । कारागारमै पुगेर प्रत्यक्ष कैदी÷बन्दीहरुका गुनासो सुन्ने आफ्नो कार्यकालमा स्थापित गरिएको मान्यतालाई यो भन्दा पछिका जिल्ला न्याधीशहरुले पनि निरन्तरता दिनेमा उनले विश्वास व्यक्त गरे ।

न्यायधीश आचार्यसंग दीर्घ बहादुर नेपालीले कर्तव्य ज्यानका दोषी दल बहादुर लुहार कोटबाट फैसला भएको ६० दिनभित्रै जिल्ला अदालतमा उपस्थित भएतापनि २० प्रतिशत छुट पाउनुपर्ने कैद मिनाह हुन नसकेको भनाई राखेका थिए । प्राईभेट कानुन व्यवसायीहरुले विभिन्न केशहरुमा पैसा लेनदेनको बार्गेनिङ्ग गर्ने गरेको बताउदै नेपालीले यस बिषयमा जिल्ला न्याधीशलाई मसिनो तरिकाले अनुसन्धान गर्न नेपालीले सुझाव दिएका थिए ।

जिल्ला न्याधीशबाट उत्कृष्ट न्याय सम्पादनको काम भईरहेको बताउदै नाईके कुशबहादुर महताराले कारागारको व्यवस्थापकीय पक्षमा सरकारले ध्यान दिनुपर्ने भनाई राखेका थिए । १० जना पूरुष र ५ जना महिलागरी १५ जनाको क्षमता भएको कारागारमा हाल नियमित ५४ जना र कहिले काँही ६० जना कैदी÷बन्दीहरु रहनु परेको नाईके महताराले जानकारी दिएका थिए । सरकारले दिदै आएको ६० रुपैयाँले कैदी÷बन्दीहरुको दैनिकी चल्न नसक्ने बताउदै नाईके महताराले कैदै÷बन्दीहरुलाई हस्तकला सम्बन्धिको सीप विकास तालिम दिनुको साथै कारागार भित्रै संचालन गरिएका हस्तकला उद्योगबाट उत्पादन गरिएका सामाग्रीहरुको बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने भनाई राखेका थिए ।

१५ जना केदी÷बन्दीको क्षमता भएको कारागारमा निकै पुराना जिर्ण खाटहरु रहेको जिल्ला कारागार कार्यालय प्रमुख चन्द्र बहादुर गिरीले जानकारी दिएका थिए । कारागारबाट कैदी÷बन्दीहरुलाई जिल्ला अदालत, उपचारको लागि अस्पतालसम्म लैजानको लागि लामो दुरीको जंगलको बाटो भएको जानकारी दिदै कार्यालय प्रमुख गिरीले कारागारलाई गाडी आबश्यक भएको भनाई राखेका थिए । नीजि क्षेत्रका गाडीलाई प्रयोग गर्दा एक पटकको पन्ध्रसय भाँडा लिने गरेको प्रमुख गिरीले भनाई राखेका थिए ।

प्रत्यक्ष अवलोकन, भ्रमणले जिल्ला कारागार भित्रको भौतिक संरचना लगाएतका अन्य व्यवस्थापकीय समस्याहरुको अध्ययन भएको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले कारागार भित्र तत्काल देखिएको भौतिक संरचनागत समस्या, खाट, लत्ताकपडा लगाएतका समस्याहरुको विषयमा तत्कालै तालुकदार निकायमा प्रतिवेदन रिर्पोट पेश गर्ने भनाई राखेका थिए । गाडीको लागि कारागार विभागलाई छिट्टै पत्र लेख्न जानकारी दिदै प्रजिअ शाहीले नीजि यातायात व्यवसायीहरुसंग भाँडाका विषयमा छलफल चलाउने भनाई राखेका थिए ।

त्यसैगरी कारागार भित्रै कैदी÷बन्दीहरुको हस्ताकला सीप तथा क्षमता विकास तालिमको लागि स्थानीय तह र घरेलु विकाससंग छलफल गर्ने बताउदै प्रजिअ शाहीले हस्तकला उद्योगबाट कारागार भित्रै उत्पादन भएका सामाग्रीहरुको बजारीकरणको लागि उद्योग बाणिज्य संघसंग छलफल गर्ने भनाई राखेका थिए । कारागार भित्रका कैदी÷बन्दीहरुको शिक्षा र स्वास्थ्य उपचारलाई व्यवस्थित गर्नमा आफुले विशेष जोड दिने प्रजिअ शाहीले बताएका थिए ।

विपन्न तथा असहाय नागरिकहरुलाई निशुल्क कानुनी सेवा दिन बैतनी अधिबक्ताको व्यवस्था गरिएको जानकारी जिल्ला न्याधीश आचार्यले बैतनी अधिबक्ताले महिनामा २ दिन कारागारमा रहेका कैदी÷बन्दीसंग अन्तरक्रिया गर्नुपर्ने बताए । कैदी÷बन्दीका रुपमा कारागारमा बस्नुपर्ने अबस्थालाई जीवनको अन्तिम अबस्थाका रुपमा नबुझ्न न्याधीश आचार्यले कैदी÷बन्दीहरुलाई आग्रह गरेका थिए ।

कानुनको नजरमा निश्चित समयको लागि कारागारमा बस्नुपर्ने अबस्थालाई जीवन सुधारको समयका रुपमा बुझ्नुपर्ने न्याधीश आचार्यले बताएका थिए । मानव जीवनको लागि यो धर्ती पनि निश्चित समयको लागि हुने बताउदै न्याधीश आचार्यले एउटा परिवन्धले निश्चित समयको लागि तपाईहरु कारागार भित्र हुनुहुन्छ, जागिरी खानाको लागि मैले घर छोडेर जाजरकोट पुगेको छु भनेका थिए ।

जिल्ला कारागारमा कैदी÷बन्दीसंग आयोजित न्यायमा सवैको पहुँच सम्बन्धि कार्यक्रममा प्रहरी नायव उपरिक्षक सन्तोष निरौला, जिल्ला न्याधीवक्ता उमाकान्त पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी झलक केसी, बैतनी अधिबक्ता सरस्वती शर्मा लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण तथा संचालन जिल्ला अदालतका निमित्त श्रेष्तादार शुशिल आचार्यले गरेका थिए ।

तपाईको प्रतिक्रिया