जर्वजस्ती करणीको आरोपमा एक जना पक्राउ


जाजरकोट । जर्वजस्ती करणीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको कुशे गाउँपालिका ५ दमदाला बस्ने २८ बर्षिया मायाराम नेपालीलाई पक्राउ गरिएको हो ।

६३ सुर्खेत १ नाम परिवर्तित १६ बर्षिया किशोरीलाई जर्वजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीका अनुसार सुतेको कोठामा गई जर्वजस्ती करणी गरी भागी गएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी पाँचकाटिया बाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्दै जाने क्रममा असार १० गते फेला पारि पक्राउ गरिएको छ । जिल्ला अदालत जाजरकोट बाट ७ ( सात) दिनको म्याद थप भईरहेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया