भेरी नगरपालिकाको बजेट ६८ करोड ४० लाख ३१ हजार (पूर्णपाठसहित)

May be an image of 2 people, people sitting and people standing
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/ ८० का लागि ६८ करोड ४० लाख ३१ हजार ८ सय ५० रूपैयाँ बजेट ल्याएको छ । जसमध्ये पुँजीगततर्फ ९ करोड ८ लाख, र चालुतर्फ ५ लाख ४० हजार विनियोजन गरिएको छ ।

यस्तै, संघीय सरकारबाट वित्तिय समानीकरण अनुदान रू १२ करोड ६० लाख, सशर्त अनुदान चालुतर्फ रू २७ करोड ५ लाख, राजश्व बाँडफाँड वापत रू ११ करोड ६७ लाख ४९ हजार, बिशेष अनुदान रू २० लाख गरी जम्मा रु ६० करोड ६० लाख ४९ हजार र कर्णाली प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान रू १ करोड २८ लाख ४५ हजार, राजश्व बाँडफाँड वापत रू १० लाख ९७ हजार ८ सय ५०, सशर्त अनुदान पुँजीगत ४ करोड ७० लाख गरि जम्मा रु ६ करोड ८४ लाख ३९ हजार ८ सय ५० र नगरपालिकाको आन्तरिक श्रोतबाट रू १ करोड ६५ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

पूर्णपाठ

 नगर उप प्रमुख श्री सिता जैशीले प्रस्तुत गर्नुभएको र्थिक बर्ष २०७९।०८० को नीति, कार्यक्रम तथा बजेट

सभाध्यक्ष महोदय,

  • गत बर्षहरुमा संसारभरी फैलिएको कोभिड १९ को महामारीले विश्व अर्थतन्त्रमा पारेको नकारात्मक असरले हाम्रो देशको अर्थतन्त्रमा समेत गम्भिर प्रभाव देखिन थालेका छन् । ऋण परिचालन तथा भुक्तानीका लागि बैंकहरुमा तरलता अभाव छ, अति आवश्यक दैनिक उपभोग्य सामग्रि खाने तेल, नुन, खाध्यान्न लगायत ग्याँस, तथा फ्युल लगायत विकास लागि आवश्यक निर्माण सामग्रिको बजारभाउ दिनप्रतिदिन अकल्पनिय रुपमा बृध्दि भर्इरहेको अवस्था छ । अधिकांश नागरिकहरुको चुल्हो जल्न समस्या हुँदै गर्इरहेको यस कठीन परिस्थितिमा आगामी आर्थिक बर्ष २०७९।८० को बार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न भेरी नगरपालिकाको उप प्रमुखकको हैसियतले यस गरिमामय सभाको बैठकमा उपस्थित भएको छु ।

  • मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्र, संघीय शासन प्रणाली स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने महान सहिदहरू प्रति हार्दिक श्रध्दान्जली व्यक्त गर्दछु साथै मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरणको अभियानमा होमिएका घार्इते, अपाङ्ग योध्दा तथा सहिद परिवारमा सम्मान व्यक्त गर्न चाहन्छु । साथै भरखरै सम्पन्न स्थानीय तहको निर्वाचन २०७९ मा हामिलार्इ आफ्नो अमुल्य मतदान गरी निर्वाचित गर्नु हुने सम्पूर्ण नगरवासि मतदाताहरुमा सम्मान गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

  • विगतको महामारीबाट उत्पन्न आर्थिक संकट व्यवस्थापन र नागरिकहरूको न्युनतम आवश्यकता परिपुर्ती प्रमुख समस्या हो । यस सन्दर्भमा नगरवासिहरूको दैनिक जीवन यापनमा व्यहोर्नु परेका समस्याहरूको समाधान नगरी नहुने बाध्यता हाम्रो सामु रहेको छ । हामीलार्इ उपलव्ध न्यून श्रोतबाट सबै समस्याको समाधान संभव छैन अतः प्राथमिकताका आधारमा अधुरा अपुरा भौतिक पूर्वाधार निर्माणसंगै स्थानीय स्तरमा रोजगारी सिर्जना र स्थानीय उत्पादन बृध्दि जस्ता कार्यक्रमहरूमा आगामि आर्थिक बर्ष २०७९।८० को बजेट केन्द्रित गर्नुपर्ने अवस्था रहेको छ।

  • प्रस्तुत बजेट तर्जुमा गर्दा मैले नेपालको संविधान- २०७२, स्थानीय सरकार संचालन ऐन, २०७४, नेपालको चालु पन्ध्रौ आवधिक योजना, राष्ट्रिय योजना आयोगबाट जारी स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन, २०७८ तथा यस नगरपालिकाले तर्जुमा गरी कार्यान्वयनमा ल्याएका ऐन नियम तथा कार्यविधिहरू, नेपाल सरकारबाट प्राप्त मार्गदर्शन, कर्णाली प्रदेश सरकार तथा  नगरपालिकाको नीति कार्यक्रम तथा लक्ष्य, बस्ति तथा वडा समितिबाट निर्धारित प्राथमिकता, जिल्लामा कार्यरत विकास साझेदार तथा सरोकारवाला सरकारी- गैर सरकारी निकाय एवं नगरवासिहरूको सल्लाह सुझावको आधारमा यो बजेट तर्जुमा गरेको छु।

सभाध्यक्षज्यू,

अव म चालु आर्थिक बर्ष २०७८।७९ को जेष्ठ मसान्तसम्मको अवस्थाको बारेमा संक्षिप्त रूपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

  • नगर समृध्दिका लागि विगत आ. व. देखि शुरु गरिएका वालवालिकासंग मेयर, महिलासंग उपमेयर, विपन्न नागरिकका लागि विशेष सहयोग कोष स्थापना, पूर्ण जातिय छुवाछुत मुक्त नगर घोषणा र पूर्ण सरसफार्इ आदि जस्ता कार्यक्रमहरू कार्यान्वयन भर्इ रहेको अवस्था छ । नगरपालिकाको आन्तरिक श्रोतबाट रू १ करोड ५० लाख आम्दानी प्रक्षेपण गरिएकोमा रू १ करोड ४३ लाख राजश्व असुली भएको छ र संघीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड बापत प्राप्त हुनु पर्ने रू. ९ करोड ६३ लाख ७७ हजार मध्ये रू. ७ करोड ६३ लाख ८७ हजार र प्रदेश सरकारबाट रु १४ लाख ११ हजार मध्ये १२ लाख ७७ हजार ५ सय मात्र प्राप्त भएकोले संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदानमा आधारित राजश्व बाँडफाँडतर्फका बजेट तथा कार्यक्रमहरू कार्यान्वयनमा समस्या देखिएको छ ।
  • संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानतर्फ संघीय सरकार वित्तिय समानीकरण अनुदानतर्फ रु ११ करोड ९७ लाख र प्रदेश सरकार वित्तिय समानिकरण अनुदानतर्फ प्रक्षेपण गरिएको रु १ करोड २८ लाख ४५ हजार बजेट निकासा प्राप्त भर्इसकेको छ । निकासा प्राप्त उक्त बजेटमध्ये संघीय सरकार वित्तिय समानिकरण अनुदान रु ८ करोड ७ लाख ४२ हजार र प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदानमध्ये ८७ लाख ८ हजार खर्च भर्इसकेको छ । संघीय सरकारको सशर्त अनुदान चालुतर्फ २८ करोड १५ लाख ४९ हजार मध्ये २६ करोड ८५ लाख ८ हजार निकासा प्राप्त भर्इ रु १९ करोड १३ लाख ९५ हजार खर्च भएको छ । त्यसैगरी सशर्त पूँजीगत अनुदानतर्फ  रु १० करोड ६ लाख ५० हजार मध्ये ९ करोड ३५ लाख ५० हजार निकासा भएकोमा रु २ करोड ६१ लाख २३ हजार खर्च भर्इसकेको छ । विशेष अनुदान चालुतर्फ ४२ लाख मध्ये २१ लाख निकासा भर्इ १३ लाख २९ हजार र पुँजीगततर्फ रु ५४ लाखमध्ये ४० लाख ५० हजार निकासा प्राप्त भर्इ ३० लाख ३९ हजार खर्च भएको छ । समपुरक अनुदानतर्फ रु २ करोड ४० लाख मध्ये ८० लाख १० हजार निकासा भर्इ रु ७२ लाख ८२ हजार खर्च भएको छ ।  प्रदेश सरकारको शसर्त, बिशेष र समपुरक अनुदानतर्फ प्राप्तहुने रु ६ करोड २३ लाख ८ हजार मध्ये रु ३ करोड ६० लाख ९३ हजार निकासा प्राप्त भर्इ ३ करोड ४५ लाख खर्च भर्इसकेको छ ।

आन्तरिक आयतर्फ गत बर्षको मौज्दात सहित रु ३ करोड १६ लाख ५१ हजार प्रक्षेपण गरिएकोमा २ करोड ८० लाख ६७ हजार खर्च भएको छ ।

यसरी चालु आ. व. को जेठ मसान्तसम्म कुल जम्मा रु ७४ करोड ८४ लाख ९१ हजारको अख्तियारी प्राप्त भएकोमा रु ४५ करोड ९० लाख २६ हजार अर्थात ६१.३२ प्रतिशत वित्तिय प्रगति हासिल देखिएकोले आर्थिक बर्षको अन्त्यसम्म सबै बार्षिक कार्यक्रम सम्पन्न हुने अपेक्षा लिएको छु ।

सभाध्यक्षज्यू,

  • अव म आर्थिक बर्ष २०७९।०८० को बजेटका उद्देश्य प्रस्तुत गर्ने अनुमति चाहन्छु,
  • सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको दिगो विकास गर्ने ।
  • शिक्षा तथा स्वास्थ्य क्षेत्रको सेवालार्इ प्रभावकारी तुल्याउने ।
  • कृषि क्षेत्रमा रोजगारी सिर्जना गरी उत्पादन बृद्दि गर्ने ।

सभाध्यक्षज्यू,

आर्थिक बर्ष २०७९।८० मा यस नगरपालिकाले जम्मा रू ६८ करोड ४० लाख ३१ हजार ८ सय ५० रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । जसमध्ये संघीय सरकारबाट वित्तिय समानीकरण अनुदान रू १२ करोड ६० लाख, सशर्त अनुदान चालुतर्फ रू २७ करोड ५ लाख, पूँजीगततर्फ रु ९ करोड ८ लाख, राजश्व बाँडफाँड वापत रू ११ करोड ६७ लाख ४९ हजार, बिशेष अनुदान रू २० लाख  गरी जम्मा रु ६० करोड ६० लाख ४९ हजार र कर्णाली प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान रू १ करोड २८ लाख ४५ हजार, राजश्व बाँडफाँड वापत रू १० लाख ९७ हजार ८ सय ५०, सशर्त अनुदान पुँजीगत ४ करोड ७० लाख, चालुतर्फ ५ लाख ४० हजार गरि जम्मा रु ६ करोड ८४ लाख ३९ हजार ८ सय ५० र नगरपालिकाको आन्तरिक श्रोतबाट रू १ करोड ६५ लाख आम्दानी हुने अनुमान गरिएको छ । उक्त बजेटबाट माथि उल्लेखित उद्देश्यहरू हासिल गर्न आगामि बर्षको लागि निम्न क्षेत्रगत कार्यक्रम तर्जुमा तथा बजेट विनियोजन गरेको छु ।

आर्थिक विकासक्षेत्रतर्फः

कृषिः

  • किसान तथा नगरपालिकाको साझेदारीमा विगत बर्ष देखि शुरु गरिएका तरकारी पकेट क्षेत्र, फलफुल पकेट क्षेत्र, मुल बीउ (धान मकै गहुँ आलु) पकेट क्षेत्रको उत्पादन प्रबर्ध्दन गर्न, मौसमी तथा बेमौसमि तरकारी खेती तथा फलफुल खेती प्रबर्ध्दन र आकस्मिक रूपमा आर्इ पर्ने किरा तथा रोगको प्रकोप नियन्त्रण जस्ता क्रियाकलापहरूमा संचालनका लागि रु ६५ लाख बजेट बिनियोजन गरेको छु ।

  • नगरपालिकाको कृषि सेवालार्इ सहज र प्रभावकारी बनाउन वडा नं. ७ को स्याउली बजार र वडा नं. १३ को कुदुमा सेवा केन्द्र विस्तार गरी सेवा प्रवाहको व्यवस्था मिलाएको छु ।

  • कृषि उपज बजारीकरणका लागि सरोकारवाला निकायहरुसंग समन्वय तथा सहकारी गरी पायक पर्ने स्थानमा हाट बजार संचालनमा ल्यार्इनेछ भने कृषि उपजको ब्यवस्थित भण्डारण गर्न स्थानीय विकास साझेदार निकाय, प्रदेश सरकार तथा संघीय सरकारसंगको साझेदारीमा शित भण्डारण निर्माण गरी बिक्रि वितरणको आवश्यक व्यवस्था मिलार्इने छ ।

  • किसानहरुका गुनासा तथा समस्या सुनुवार्इका लागि निःशुल्क रुपमा संचालन गरिएको किसान कल सेन्टरको सुविधालार्इ आगामी आ व मा पनि निरन्तरता दिर्इनेछ । साथै वास्तविक किसानको पहिचान तथा अभिलेख राख्नको लागि किसान सूचीकरण कार्यक्रमलार्इ आगामि बर्षमा समेत निरन्तरता दिर्इनेछ ।

  • किसानहरुको सुविधाका लागि सल्लाह परामर्श तथा रोग किरा उपचारका लागि स्थलगत घुम्ती शिविर संचालनका गर्न बजेट व्यवस्था गरेकोछु ।

  • कृषि पेशालार्इ आधुनिक तथा प्रविधिमैत्री बनाउन कृषकसंगको साझेदारीमा कृषि मेशिनरी औजार वितरणका लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।

पशुपन्छी विकासः

  • दुध उत्पादन प्रबर्ध्दन गर्न ब्यावसायिक भैँशि तथा गार्इपालनका लागि गोठ सुधार, किसानका लागि आवश्यक औजार तथा मेसीन खरिद गर्न आवश्यक बजेट ब्यवस्था गरेको छु । साथै ब्यावसायिक बाख्रापालनका लागि खोर ब्यवस्थापन तथा तालिमको समेत व्यवस्था गरिएको छ ।

  • पशुपालनका लागि आवश्यक हिउँदे तथा बर्षे ( डाले तथा भुर्इ) घाँस खेती कार्यक्रमलार्इ आगामि बर्षमा समेत निरन्तरता दिर्इनेछ ।

१६. कुखुरा तथा बाख्रापालनमा आवध्द कृषकहरुलार्इ प्रोत्साहन गरी व्यावसायिक रुपमा स्तरोन्नति गर्न आवश्यक बजेटको ब्यवस्था गरिएको छ ।

१७. पशु पन्छिमा लाग्ने रोगको उपचारका लागि औषधि खरिद तथा खोप भण्डारण व्यवस्थापनका लागि समेत आवश्यक बजेट ब्यवस्था गरेको छु ।

१८. पशुपन्छि शाखाबाट प्रवाह गरिने सेवालार्इ सहज र सुलभ तुल्याउन वडा नं. १३ को कुदु र वडा नं. ७ को स्याउली बजारमा सेवा केन्द्र स्थापना गरी सेवा सुचारु गर्ने ब्यवस्था मिलाएको छु ।

१९. नगरक्षेत्रमा बसोवास गरी पशुपन्छि पालन ब्यवसायमा आवध्द कृषकहरुलार्इ प्रोत्साहन गरी उत्पादन बृध्दि गर्न उल्लेखित क्रियाकलापहरु संचालनका लागि रु ४५ लाख बिनियोजन गरेको छु ।

पर्यटन प्रबर्ध्दनः

२०. आन्तरिक पर्यटन प्रबर्ध्दन गरी रोजगारी सिर्जना गर्ने अभिप्रायले शुरु गरिएको मछार्इना बडिमालिका गुरुयोजना कार्यान्वयन र दरवार क्षेत्र संरक्षण, तथा शिवालय क्षेत्रको जिर्णोध्दार गर्न संघ, प्रदेश सरकार तथा अन्य साझेदार निकायसंग समन्वय तथा सहकार्य गरिने छ ।

२१. संघीय तथा प्रदेश सरकारसंगको समन्वयमा ऐतिहासिक क्षेत्र जगतिपुरको पुनर्निर्माण एवं धार्मिक तिर्थस्थलको रुपमा रहेको रिम्नाबाट जलयात्रा संचालन र मैदे होमस्टेका संचालनका लागि निजि साझेदारी कार्यक्रमको थालनी गरिनेछ ।

२२ पर्यटकिय गन्तव्यको रुपमा रहेका वडा नं. १ को चमेरे गुफा, वडा नं. २ को सांङ्टा गुफा मन्दिर  र  डोप्के सिद्ध पाईला मन्दिर निर्माण र प्रबर्ध्दनका लागि साझेदार निकाय वा सरोकारवालाहरसंग समन्वय तथा सहकार्य गरिने छ ।

सामाजिक विकास क्षेत्रतर्फः

युवा शिक्षा तथा खेलकुद विकासतर्फः

२३. नगर क्षेत्रभित्रका विध्यालयहरूमा आवश्यकता अनुसार शिक्षक दरबन्दी उपलब्ध नभएको र शिक्षकबिना गुणस्तरीय शिक्षाको अपेक्षा गर्न नसकिने भएकोले दरवन्दी हुँदै नभएका र भए पनि पर्याप्त दरवन्दी नभएका विध्यालयहरूमा स्वयं सेवक शिक्षक व्यवस्थापन गर्नका लागि यस विगत आ.व. देखि शुरू गरिएको शिक्षक अनुदान कार्यक्रमलार्इ निरन्तरता दिन प्रावि ९ जना निमावि १४ जना र मावि ९ गरी जम्मा ३२ जनाका शिक्षकको लागि रु ९९ लाख ८४ हजार बजेट बिनियोजन गरेको छु।

२४. वालविकास केन्द्रका वाल शिक्षक तथा विध्यालय कर्मचारीहरूको थप पारीश्रमिकका लागि करिव ९७ लाख ३७ हजार बजेट बिनियोजन गरेको छु ।

२५. भौगोलिक रुपमा विकट र विध्यालय देखि टाढा रहेका दुर्इ वटा बस्तिमा वाल विकास केन्द्र स्थापना तथा संचालनका लागि रु ३ लाख ९० हजार रुपैयाँ बजेट ब्यवस्था गरेको छु ।

२६. बिध्यालय शिक्षालार्इ ब्यवहार उपयोगि र उपलब्धिमुलक बनाउन स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रम तर्जुमा गरी लागु गर्नको लागि समेत आवश्यक बजेट ब्यवस्था गरेको छु ।

२७. शिक्षक तथा कर्मचारीहरूको उत्प्रेरणा तथा क्षमता अभिबृध्दि र बजेट अभावका कारण स साना समस्या भएका विध्यालयहरुको पूर्वाधार निर्माण तथा व्यवस्थापनका लागि रु २८ लाख बजेट ब्यवस्था गरेको छु ।

२८. विगत आ. व. देखि देखि शुरू गरिएको बालमैत्री नगर घोषणा अभियान विभिन्न कारणवस सम्पन्न हुन नसकेकोले यस अभियानलार्इ निरन्तरता दिर्इने छ । बजेट अभावका कारण यस अभियानका लागि बजेट बिनियोजन गर्न नसकिएता पनि अभियानलार्इ सहयोग पुग्ने खालका नगरस्तरीय अतिरिक्त क्रियाकलाप, युवा परिचालन तथा खेलकुद लगायत वालमैत्री शासनका सूचकहरू पुरा गर्न वालवालिकासंग मेयर कार्यक्रमका लागि संघ र प्रदेश सरकारसंग समन्वय गरी बजेट व्यवस्था गरिने छ ।

२९. खेलकुद क्षेत्रको विकास तथा प्रबर्ध्दनका लागि विगत आ व देखि शुरु भर्इ निर्माणाधिन अवस्थामा रहेका सम्पन्न हुन बाँकी वडा नं. ४ स्थित वि.पि. शान्ति वाटीकामा कभर्ड हल, वडा नं. ५ डाप्कमा इन्डोर कभर्ड हल र वडा नं. १३ को कुदुको रंगशाला निर्माणका लागि संङघीय तथा प्रदेश सरकारसंगको समन्वयमा बजेट व्यवस्था गरि सम्पन्न गरिनेछ ।

खानेपानी तथा सरसफार्इः 

३०. बजार क्षेत्र रहेको खलंगा वडा नं ३ र ४ मा जनसंख्या बृध्दिसंगै उत्पन्न ढल निकासको समस्या समाधानका लागि तर्जुमा गरिएको ढल निकासको विस्तृत परियोजना (DPR) कार्यान्वयनका लागि संघीय सरकार तथा प्रदेश सरकार लगायत अन्य साझेदार निकायसंग समन्वय गरी ढल निकासको दिर्घकालीन समाधान गरिनेछ ।

३१. नगर क्षेत्रमा उत्पन्न हुने फोहर प्रशोधन गरी व्यवस्थापन गर्ने र प्रशोधित फोहरबाट जैविक मल उत्पादन तथा फोहर व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकार, नगरपालिका तथा निजी क्षेत्रसंगको साझेदारीमा जैविक मल तयार गर्न कर्णाली प्रदेश सरकार तथा अन्य दातृ निकायहरूसंग समन्वय गरी वडा नं. १३ को कुदुमा निर्माणाधिन अवस्थामा रहेको उध्योग निर्माण सम्पन्न गर्नका लागि पहल गरिने छ ।

३२. नगर क्षेत्रको आधारभूत सरसफार्इ तथा फोहरको दिगो व्यवस्थापनका लागी स्थानीय नागरिक, टोल विकास संस्था तथा उध्योग व्यापार संघसँगको समन्वय, सहकार्यमा बजार सरसफार्इ अभियान संचालन गरिने छ। सरसफार्इ अभियानमा नगरवासिहरूको सक्रिय सहभागिता जुटाउन सरसफार्इ शुल्क संकलन गरी परिचालन गर्ने कार्यलार्इ आगामि आ.व. मा समेत निरन्तरता दिर्इने छ ।

३३. नगरवासिहरूलार्इ स्वच्छ पिउने पानी उपलव्ध गराउने नीति अनुरूप खलंगा सदरमुकाम क्षेत्रमा निर्माणाधिन अवस्थामा रहेको खलंगा खानेपानी सहलगानी योजनाको अपुग भएको आवश्यक बजेट प्रदेश तथा संघिय सरकारसंग समन्वय गरी योजना सम्पन्न गरिनेछ ।

३४. स्वच्छ पिउने पानी उपलब्ध हुन नसकेका नागरिकहरूका लागि गोर्खा वेलफेयर ट्रष्टको सहयोगमा चालु आ. व. देखि शुरु गरिएको वडा नं. १ २ ६ र ८ का ४७२ घरधुरी २ विध्यालयमा ४७७ वटा मिटर सहितका धारा लागि निर्माण कार्य रु ३ करोड ५१ लाख ७७ हजार उपलब्ध हुनेछ भने वडा नं. २ ५ ७ ८ ९ र १२ मा खानेपानी योजना निर्माण तथा मर्मत कार्यका लागि रू. २७ लाख ५० हजार बिनियोजन गरेको छु ।

स्वास्थ्यसेवाः

३५. नगरवासि नागरिकहरुको स्वास्थ्य सम्बन्धी हकलार्इ प्रत्याभुत गर्न संक्रामक रोग रोकथाम, नियन्त्रण तथा स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्रबाट सेवा प्रदान गर्न औषधि खरिदका लागि रु २५ लाख ९३ हजार बजेट बिनियोजन गरेको छु ।

३६. स्वास्थ्यचौकीमा सुत्केरी भएका आमाहरुलार्इ तत्काल प्रोत्साहन भत्ता तत्काल उपलब्ध गराउन कार्यालयबाट रकम निकासा भर्इ जान समय लाग्ने भएकोले निकासा भएपछि सोधभर्ना हुने गरी तुरुन्त उपलब्ध गराउन स्वास्थ्य चौकीमा कोष स्थापना गर्न, सुत्केरी हुनुपूर्व चेकजाँचको लागि घरदैलो भेटघाटमा खटिने स्वास्थ्यकर्मी र मातृ शिशु स्वास्थ्य सम्बन्धि सेवा उपलब्ध गराउन घरदैलोमा सेवारत रहेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलार्इ मासिक रु १००० का दरले प्रोत्साहन भत्ता उपलब्ध गराउन आवश्यक बजेट ब्यवस्था गरेको छु ।

३७. पुर्ण संस्थागत सुत्केरी वडा घोषणा तथा किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणाको शुरुवात गर्नका लागी समेत बजेट बिनियोजन गरेको छु ।

३८. असक्त नागरिक तथा महिला वालवालिकाका लागि घर दैलोमा बिशेषज्ञ सहितको सेवा उपलब्ध गराउन विगत बर्ष देखि संचालन हुँदै आएको मेयर स्वास्थ्य सेवा घुम्ती शिविर संचालनलार्इ आगामि आ. व. मा पनि निरन्तरता दिर्इनेछ ।

३९. गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि न्युनतम आवश्यक स्वास्थ्य उपकरण तथा औजार खरिद एवं स्वास्थ्य केन्द्र मर्मत संभारका लागी समेत बजेट ब्यवस्था गरिएको छ ।

४०. यस नगरपालिकाको वडा नं. ७ को स्याउली बजारमा निर्माण शुरु गरिएको १५ शैय्याको नगर अस्पताल संघ तथा प्रदेश सरकारको समन्वय तथा सहयोगमा बजेट ब्यवस्था गरी सम्पन्न गरिनेछ ।

४१. नगर तथा जिल्लाबासिहरूलार्इ आँखा उपचार सेवा उपलब्ध गराउन नेपाल रेडक्रस सोसार्इटी, सुर्खेत आँखा अस्पताल, नगरपालिका र अन्य स्थानीय तहको साझेदारीमा भवन निर्माण तथा संचालन गर्न संघीय तथा प्रदेश सरकार तथा दातृ निकाय एवं स्थानीय तहहरुसंग सहकार्य गरिने छ ।

४३. सामान्य उपचारबाट सन्चो नभर्इ थप उपचार गर्न आवश्यक परेका अति विपन्न घरपरिवारका लागि स्वास्थ्य बिमा गरिदिन रु ८ लाख बजेट ब्यवस्था गरेको छु ।

महिला बालबालिका तथा जेष्ठ नागरिकः

४४. हिंशामा परेका, असहाय तथा विपन्न महिलाहरूको राहत, आय आर्जनका कार्यक्रम संचालनलार्इ आगामि बर्षमा पनि निरन्तरता दिर्इनेछ । यसका लागि महिलासंग उपमेयर कार्यक्रमका लागि रू ६ लाख बिनियोजन गरेको छु । उक्त बजेटबाट घरेलु हिंसामा परेका महिलाहरुका लागि कोष स्थापनाऽ एकल महिला द्वन्द पीडित, असहाय महिलाहरुको लागि सिपमुलक तथा आय—आर्जन सम्वन्धी क्रियाकलाप संचालन तथा जनचेतना मुलक कार्यक्रम संचालन गरिने छ ।

४५. अति विपन्न महिलाहरूको आय आर्जनका लागि सीपमुलक तालिम संचालनका गर्न रू. ७ लाख  बिनियोजन गरेको छु ।

४६. स्थानीय प्रशासन प्रदेश तथा संघीय सरकारसंगको समन्वय र सहकार्यमा संरक्षण विहिन वालवालिकाहरूको उद्दार, संरक्षण, लैङ्गिक हिंशा, बालविवाह, बालश्रम विरुध्द तथा  लागु पदार्थ दुर्व्यसन न्यूनिकरण तथा बाल क्लबहरूको सशक्तिकरण जस्ता कार्यक्रमहरू समेत संचालन गरिनेछ।

४७. जेष्ठ नागरिक सम्मान तथा उपचारका कार्यक्रमका लागि बजेट बिनियोजन गरेको छु ।

वन वातावरण तथा विपद् ब्यवस्थापनतर्फः

४८. आकष्मिक रुपमा आर्इपर्ने विपद् व्यवस्थापन कार्य योजना निमार्ण तथा व्यवस्थापनका लागि नगर विपद् कोषमा रु २० लाख बिनियोजन गरेको छु ।

४९. आकस्मिक रूपमा आर्इपर्ने बाढी, पहिरो, सडक दुर्घटना, आगोलागि जस्ता प्राकृतिक विपद् तथा विभिन्न रोगका महामारीको अवस्थामा विरामीहरूको तत्काल उध्दार कार्य गर्न र विपद्मा परेका पिडितहरूलार्इ तत्काल राहत वितरण तथा उध्दार गर्न र स्थानान्तरण गर्नको लागि उद्धार सामााग्री व्यवस्थापन तथा भण्डारण लागि रु ६ लाख बिनियोजन गरेको छु ।

५०. बजार क्षेत्रको सरसफार्इ तथा फोहर ब्यवस्थापनका लागि जनचेतनामुलक कार्यक्रम तथा सामग्री ब्यवस्थाका लागि समेत आवश्यक बजेट बिनियोजन गरेको छु।

सुशासन तथा संस्थागत विकासतर्फः

५१. न्यायिक समितिबाट सम्पादन हुने कार्यलार्इ ब्यवस्थित र प्रभावकारी रुपमा कार्यान्वयन गर्न मेलमिलाप केन्द्रको व्यवस्थापन तथा मेलमिलापकर्ताहरुलार्इ प्रोत्साहनका लागि आवश्यक बजेट ब्यवस्था गरेको छु ।

५२. स्थानीय न्यायिक समितिबाट समाधान हुने विवाद र यसको कानूनी प्रावधान सम्बन्धमा आम नागरिकहरुलार्इ जानकारी गराउन वडा तथा बस्तीस्तरमा कानूनी साक्षरता कार्यक्रम संचालन गरिने छ ।

५३. आर्थिक रुपमा अति विपन्न नागरिकहरुलार्इ निःशुल्क कानून सेवा शुरु गर्नका लागि समेत बजेट बिनियोजन गरेको छु ।

५४. नगरको प्रभावकारी एवं दिगो विकास र उपलब्ध श्रोत साधनको समुचित उपयोगका लागी स्थानीय सुशासन सहयोग कार्यक्रम सुर्खेतसंगको साझेदारीमा आवधिक नगरविकास योजना तर्जुमा गर्नका लागि बजेट बिनियोजन गरिएको छ।

५५. कार्यालयको सेवा प्रवाहलार्इ चुस्त र प्रभावकारी तुल्याउन कार्यरत कर्मचारीहरु तथा संस्थागत क्षमता बृध्दि गर्न आवश्यक उपकरण व्यवस्थापन तथा तालिमका लागि क्षमता विकास योजना तर्जुमा गरी कार्यान्वयनमा ल्यार्इने छ ।

५६. नगरपालिकाको कार्य सम्पादन प्रक्रियालार्इ पारदर्शि एवं जवाफदेही बनार्इ सुशासन कायम गर्न भए गरेका क्रियाकलापहरुको सम्बन्धमा स्थानीय संचार माध्यमबाट मासिक त्रैमासिक एवं बार्षिक रुपमा प्रकाशन तथा प्रसारण गर्ने र नियमित रुपमा सार्वजनिक सुनुवार्इ तथा सार्वजनिक लेखा परिक्षण कार्यलार्इ आगामी आ. व. मा पनि निरन्तरता दिर्इने छ ।

५७. नगरपालिकाको आन्तरिक आय बृध्दि गर्न करको दरभन्दा दायरा फराकिलो पार्ने नीति लिर्इएको छ । तोकीएको समयसिमाभित्र कर बुझाउने करदातालार्इ कर छुट दिने परिपाटीलार्इ आगामि आ. व. मा पनि निरन्तरता दिर्इनेछ ।

५८. विगत आ. व. देखि वडा कार्यालयबाट अनलार्इन कर बुझ्ने ब्यवस्था गरिएकोमा केही वडाहरुमा भरपर्दो नेट सुविधा नभएका कारण समस्या देखिएको हुँदा आगामी बर्ष देखि भरपर्दो नेट सुविधाको ब्यवस्था गरी सेवा सुचारु गरिने छ ।

५९. केही वडा कार्यालयका आफ्नै भवन नभएका र भवन भएका वडा कार्यालयहरू पनि व्यवस्थित नभर्इ सेवा प्रवाहमा समस्या देखिएकोले सेवा प्रवाहलार्इ प्रभावकारी बनाउन भवन निर्माण गर्न अति आवश्यक वडा नं. १, २, ५, ६, ७, १०, १२ मा कार्यालय भवन निर्माण गर्न रू २ करोड १० लाख बिनियोजन गरेको छु ।

६०. नगरपालिकाको प्रशासकीय भवन अगाडी रहेको ठकुरीहरूको कुल देवताको मन्दिरको जग्गा प्राप्तिका लागि उक्त मन्दिरलार्इ स्थानान्तरण गर्ने प्रक्रिया अगाडी बढार्इएको छ । यसको लागि आवश्यक बजेट ब्यवस्था गरी आगामी आ व भित्र मन्दिर स्थानान्तर गर्नुका साथै कार्यालयको सेवा प्रवाहलार्इ थप ब्यवस्थित गरिने छ ।

६१. नगरपालिकाको नीति कानुन मापदण्ड तथा निर्णय कार्यान्वयन, नगरपालिकाको सम्पत्ती संरक्षण, सरसफार्इ मापदण्डको कार्यान्वयन, न्यायिक समितिका निर्णय कार्यान्वयन, सार्वजनिक ऐलानी/पर्ती जग्गा, सार्वजनिक सम्पदा तथा भौतिक पुर्वाधारको संरक्षण र सुरक्षा, विपद व्यवस्थापन सम्बन्धी खोजी उध्दार र राहत तथा पुनरुत्थान कार्यका लागि नगर प्रहरी भर्ना तथा ब्यवस्थापनका लागि समेत बजेट बिनियोजन गरेको छु ।

पूर्वाधार क्षेत्रः

सडक यातायात

६२. नगर यातायातको दृष्टिकोणले महत्वपूर्ण रहेका निर्माणाधिन सडकहरूलार्इ प्राथमिकता दिर्इ निर्माण सम्पन्न गरिने छ ।

६३. नगरका सबै वडा केन्द्रसम्म सडकको ट्रयाक खन्ने कार्य सम्पन्न भर्इसकेकोले उक्त सडकहरूको स्तरोन्नति गरी बाह्रै महिना यातायात सेवा सुचारू गरिनेछ । यसका लागि रु १ करोड ३८ लाख ३६ हजार बजेट बिनियोजन गरेको छु । अपुग हुने बजेट संघ तथा प्रदेश सरकारसंगको समन्वयबाट जुटार्इने छ ।

६४. खलंगा सदरमुकामस्थित वडा नं ३ थाप्लेचौर बसपार्कको स्तरोन्नति तथा व्यवस्थापनका लागि नगर विकास कोषबाट ऋण लगानीका लागि स्वीकृत भर्इसकेकोले कोषसंग आवश्यक समन्वय गरी निर्माण प्रक्रिया अगाडी बढार्इने छ ।

६५. नगर क्षेत्रभित्र यातायात असहजतालार्इ ध्यानमा नगरक्षेत्रभित्र नागरिकहरुको सहज आवागमनका लागि नगर वस सेवा संचालनका लागि आवश्यक व्यवस्था मिलाएको छु । साथै छोटो दुरीका सवारी साधन (अटो, र्इ रिक्सा आदि) संचालन गर्न गत आ व मा भएको नगरसभाको निर्णय कार्यान्वनका लागि आवश्यक समन्वय प्रक्रिया अगाडी बढार्इने छ ।

सिंचार्इः

  • सिंचार्इ सुविधा नपुगेका वडा नं १ ९ र ११ मा कुलो तथा ट्याङ्कि निर्माणका लागि रु १३ लाख ६४ हजार बजेट बिनियोजन गरेको छु ।
  • उत्पादनका दृष्टिकोणले महत्वपूर्ण रहेको वडा नं. १३ को कुदुफाँट र वडा नं. १० को भुरचौरमा केन्द्रिय सिंचार्इ योजनाको रुपमा निर्माण गर्न नेपाल सरकार तथा कर्णाली प्रदेश सरकारसंग समन्वय तथा सहकार्य गरी प्रक्रिया थालनी गरिनेछ ।
  • अति विपन्न नागरिकहरूका लागि आम्दानीको अवसर सिर्जना गर्न प्रधानमंत्री रोजगार कार्यक्रमका लागि प्राप्त हुने १ करोड ३२ लाख ७४ बजेटबाट बेरोजगार श्रमिकहरुलार्इ १०० दिनको प्रत्यक्ष रोजगारी उपलब्ध हुनेछ ।

 

नदी नियन्त्रणतर्फः

  • सहरी विकास तथा शासकीय सुधार कार्यक्रमबाट प्राप्त हुने बजेट उपयोग गरी नदी कटानबाट क्षति भएका कृषियोग्य जमिन तथा जोखिममा रहेका बस्तीहरूको संरक्षण गरिनेछ ।

 

सहरी पूर्वाधारतर्फः

  • सहरी शासकीय क्षमता विकास कार्यक्रम अन्तर्गत प्राप्त हुने रू ३ करोड ५० लाख बजेटबाट संभाव्यता अध्ययनका आधारमा योजना छनौट गरी कार्यान्वयन गरिने छ ।

  • अन्तमा, आ.व. २०७९।८० को बजेट तर्जुमाका लागि मार्गदर्शन तथा स्रोत उपलब्ध गराउने नेपाल सरकार, कर्णाली प्रदेश सरकार, जिल्ला समन्वय समिति, सल्लाह सुझाव प्रदान गर्ने राजनीतिक दल, नागरिक समाज, बिकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि, कार्यपालिका परिवार, सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरू प्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु ।

  • प्रस्तावित बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सम्बन्धित सरोकारवाला सबैको सकारात्मक सहयोग सक्रियता र साथ रहनेछ भन्ने कुरामा म बिश्वस्त छु । कार्यक्रमको सफल कार्यान्वयनबाट अपेक्षित उपलब्धि हासिल हुन गर्इ नगरवासिको जीवनयापनमा सहजता हुनेछ भन्ने अपेक्षा लिएको छु ।

धन्यवाद ।

तपाईको प्रतिक्रिया