
वेब साइट चलाउन आवश्यक पर्ने वर्ल्ड वाइड वेब(डब्लु डब्लु डब्लु) स्थापना ३१ औं वर्षमा प्रवेश गरेको छ । सन् १८८९ मा बेलायती वैज्ञानिक टिम बर्नर्स–लीले वल्ड वाइड वेबको आविष्कार गरेका थिए ।
सुरुमा विश्वविद्यालय, विद्यालय र वैज्ञानिकहरुबीच स्वचालित सुचना आदान–प्रदान गर्ने उद्देश्यले यसको स्थापना भएको थियो । तर, अहिले वेब विश्वका लागि अत्यावश्यक बनेको छ ।
प्रत्येक वेबसाइटहरुको अगाडि तीनवटा डब्लु रहेको हुन्छ, त्यसैको माध्यमबाट विश्वभरका जुनसुकै वेबसाइटमा राखिएको सुचना इन्टरनेट प्रयोगकर्ताहरुले हेर्न पाउँछन् ।
यस अवसरमा टिमले इन्टरनेटमा महिला एवं तेस्रोलिंगीमाथि गरिने व्यवहारमा सुधार नआएको भन्दै उनले यसमा सुधार हुनुपर्ने बताएका छन् ।
के हो वर्ल्ड वाइड वेब ?
‘खासमा वर्ल्ड वाइड वेब भनेको सर्भरहरुमा राखिएका वेबसाइट एवं वेब पेजहरुको संग्रह हो’ जुन वेबसाइट वा वेब पेजहरु इन्टरनेटको प्रयोग गरेर जोसुकैले पनि आफ्नो कम्प्युटर वा मोबाइलमा देख्न सक्छन् ।
यसलाई उदाहरणका रुपमा यसरी हेरौं मानौ वर्ल्ड वाइड वेबलाई एउटा पुस्तक मान्ने हो भने त्यसको एउटा पाठ फेसबुक हो, अब सोझैं फेसबुक पाठ खोल्नका लागि चाहिने पेज नम्बरलाई ‘डब्लुडब्लुडब्लु डट फेसबुकट डटकम’ मान्न सकिन्छ ।
क्रोम, फायर फक्स, मोजिला, सफारीमध्ये कुनै एक वेब ब्राउजरमा हामीले फेसबुक सर्च गर्याैं, अब त्यसपछि फेसबुकको वेबसाइटमा जादा खुल्ने लिंक फेसबुक डटकम मात्रै नभएर डब्लुडब्लुडब्लुबाट सुरु हुन्छ । हामीलाई फेसबुकमा प्रवेश गराउने त्यो तीनवटा डब्लुको माध्यम नै वर्ल्ड वाइड वेब हो ।
यस्तो अभ्यास सबै वेबसाइमा लागू हुन्छ । अर्थात जुनसुकै वेबसाइट खोल्नका लागि यसको प्रयोग गर्न अनिवार्य हुन्छ ।
















































। २९ फाल्गुन २०७६, बिहीबार