मुल्यवृद्धिका विरुद्ध अनेरास्ववियु र यूवा संघको प्रशासनमा धर्ना, भोली यातायात बन्द गर्ने

May be an image of 5 people, people sitting, people standing and grass

जाजरकोट । पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य बस्तुको मुल्यवृद्धिका विरुद्ध जाजरकोटमा विरोध प्रर्दशन गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र यूवा संघले विरोध प्रर्दशन गरेका हुन् । विरोध प्रर्दशन अन्तर्गत बुधबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा धर्ना कार्यक्रम गरिएको छ ।

प्रशासनको परिसरमा टाउकोमा कालो पट्टी बाँधेर आधा घण्टा सम्म धर्ना कार्यक्रम गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य दिनेश गौमतले जानकारी दिए । पेट्रोलियम पदार्थ दैनिक उपभोग्य वस्तुमा लगाएको मुल्यवृद्धि खारेज गर, देउवा सरकार मुर्दावाद, जनतालाई दुःख दिन पाईदैन्, नालायक सरकार चाहिदैन् लगायतका नारा लगाएका थिए ।

धर्ना कार्यक्रम पछि जनताको बोलीलाई प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार समक्ष मागहरु राखेको यूवा संघका नेपालका केन्द्रीय सदस्य विश्वविक्रम शाहले बताए ।

May be an image of 7 people, people standing, tree and sky

उनले भने, ‘जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरियो, जनताका आवाजलाई प्रजिअ मार्फत नेपाल सरकार समक्ष राखियो ।’ सरकारले बढाएको मुल्य वृद्धिका विरुद्ध अनेरास्ववियु र यूवा संघ नेपालले विरोध गरिरहेको छ । मंगलबार राँको जुलस सहित विरोध प्रर्दशन गरेको थियो भने विहीबार जाजरकोटमा चल्ने सरकारी सवारी साधन सुरक्षा र स्वास्थ्य बाहेक सबै सरकारी सवारी साधनहरू बन्द गरिने कार्यक्रम रहेको समेत शाहले बताए । निजी तथा सार्वजनिक यातायात भने सञ्चालन  गर्न पाइने छ ।

May be an image of 5 people, people sitting, people standing and outdoors

उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ स्थायी कमिटी सदस्य विश्व शाह, अनेरास्ववियुका केन्द्रिय सदस्य दिनेश गौतम, जिल्ला अध्यक्ष बिबश भारती, युवा जिल्ला नेत्री मधु मिता शाक्य लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया