सुर्खेतको भेरीगंगामा ५ दिने निशुल्क योग शिविर सञ्चालन
कुलेन्द्र शाही
सुर्खेत । ‘मानवताको लागि योग’ भन्ने नाराका साथ सुर्खेतको भेरीगंगामा निशुल्क योग शिविर सञ्चालन गरिएको छ । ७ गते अर्थात आजदेखि सुरु भएको शिविर यहि असार ११ गते सम्म चल्ने बताएको छ । भेरीगंगा नगरपालीका आयुर्वेद शाखा जहरे सुर्खेतको आयोजनामा निशुल्क योग शिविर सञ्चालन गरेको हो । शिविर छिन्चु स्थित श्री सारदा माध्यमिक विद्यालयको प्राङ्गणमा संचालन गरिएको छ ।
शारीरिक एवम मानसिक अभ्यास मार्फत शरीर, मस्तिक र हृदयको उचित समायोजन गराई व्यक्ति सम्पुर्ण रुपमा स्वस्थ्य रहन सहयोग पु¥याउने उद्देश्यले शिबिर संचालन गरिएको भेरीगंगा नगरपालीका आयुर्वेद शाखा प्रमुख छविलाल खड्काले बताउनुभयो ।
यस्तै कार्यक्रमको उद्घाटनमा बोल्दै नगरप्रमुख यज्ञ प्रसाद ढकालले सहभागीहरुलाई रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु र योग चिकित्सा विधि महत्वपुर्ण रहेको बताउनुभयो । यस्तै योग चिकित्सा विधि भेरीगंगा नगरपालीकावासी सबैले अनुसरण गर्नु पर्ने र यो निशुल्क योग शिविरमा सबै उपस्थित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाले योगबाट स्वस्थ्य रहने मात्र नभई मानवबाट महामानव बन्न सहयोग पुग्ने जानकारी दिनुभयो । निशुल्क शिविरमा जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक अगुवा, कर्मचारी र बिद्यार्थीले भाग लिएका छन । योग शिविरमा पंतजली योग समिति कर्णाली प्रदेश समिति संयोजक शिवराम जैसि र ध्यान तथा मानसिक शान्तिको कक्षा ब्रहमा कुमारी आरती रेग्मीले प्रशिक्षण दिनुभएको छ ।
भेरीगंगा नगरपालीका वडा नं १० का वडा अध्यक्ष राम बहादुर डांगी को अध्यक्षता, भेरीगंगा नगरपालीकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक अगुवा, कर्मचारी र बिद्यार्थी लगायत अन्य व्यक्तिहरुको पनि उपस्थिती रहेको भएको भेरीगंगा नगरपालीका आयुर्वेद शाखा प्रमुख खड्काले जानकारी दिनुभयो ।