७ असार २०७९, मंगलवार

मुल्यवृद्धि विरुद्ध जाजरकोटमा अनेरास्ववियू र यूवा संघको प्रर्दशन

No description available.
जाजरकोट । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिका विरुद्ध जाजरकोटमा विरोध प्रर्दशन गरिएको छ । देशव्यापी कार्यक्रम अन्र्तगत नेकपा ( एमाले) निकट राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववियू विद्यार्थी संगठनले जाजरकोटका विभिन्न स्थानमा विरोध प्रर्दशन गरेका हुन् ।

विरोध स्वरुप उनीहरुले जिल्लाका विभिन्न स्थानमा आगो बालिएका राँको सहित र्याली निकाल्दै कोण सभाको आयोजना गरेका थिए । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन पनि गरेका थिए । कोण सभालाई सम्बोधन गर्दै अनिरास्ववियुका केन्द्रिय सदस्य दिनेश गौतमले मुल्यवृद्धिका विरुद्धमा देशैभरी सांकेतिक रुपमा विरोध प्रदर्शन गरिएको बताए ।

No description available.

‘अहिलेको शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले देशव्यापी रुपमा मुल्यवृद्धि गरेको छ । पछिल्लो पटक पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र इतिहासकै पहिलो पटक चरम मुल्यवृद्धि गरि जनताको ढाड सेकिएको’ उनले भने ‘यसरी भएको मुल्य वृद्धिको कारण यो देशका मजदुर, किसान मारमा परेका छन् ।

आज श्रम गरेर खाने वर्ग अहिले मृल्य वृद्धिका कारण भोकभोकै बस्नुपर्ने अवस्था आएको छ ।’ उनले आफूहरुले पटक–पटक मुल्य वृद्धिका विरुद्ध आवाज उठाउदै आएको भएपनि सरकारले वेवास्ता गरेको बताए । मागको सुनुवाई नभएको आगामी दिनमा सशक्त रुपमा अगाडी बढ्ने सदस्य गौतमले बताए ।

राष्ट्रिय यूवा संघ नेपाल जाजरकोटका ईन्चार्ज विश्वविक्रम शाहले पछिल्लो बनेको गठबन्धन सरकारले मुल्य वृद्धि गरी गरिवी तथा विपन्न समुदायमा ठुलो असर पुर्याएको आरोप लगाए । त्यस्तै यो सरकार राष्ट्र राष्ट्रियताका सवालमा जिम्मेवार नरहेको उनको आरोप लगाए । मुल्य वृद्धि फिर्ता नभए आन्दोलन जारी राख्ने अनेरास्ववियु जाजरकोटका अध्यक्ष विवश भारतीले बताए ।