७ असार २०७९, मंगलवार

अमेरिकन फौजी किराको परिचय, पहिचान तथा व्यवस्थापन विधी

सन्देश शर्मा
प्राबिधिक सहायक
मो ९८४६५२०५२२
कृषि विकास कार्यालय,जाजरकोट

अमेरिकन फौजी कीरा (American Fall armyworm-FAW), पुतली वर्गको रात्रीचर कीरा हो जसको वैज्ञानिक नाम Spodoptera frugiperda हो । यो कीराले ३५३ विभिन्न प्रजातिका बिरुवाहरुमा नोक्सानी पु¥याउन सक्ने तथ्य जानकारीमा आएको छ । क्षेत्रफल र उत्पादनको हिसावले नेपालको धान पछि दोश्रो प्रमुख खाद्यान्न बाली मानिने मकै जाजरकोट जिल्ला र समग्र कर्णाली प्रदेशको भने प्रमुख खाद्यान्न बाली हो ।

No description available.

राष्ट्रिय बिरुवा संरक्षण संगठन नेपालका अनुसार २०७६ बैशाख २६ गते नवलपरासीको गैंडाकोट क्षेत्रमा पहिलो पटक फेला परेको अमेरिकन फौजी कीराको लार्भा अत्यन्तै खन्चुवा स्वभावको हुन्छ । बिषेश गरि मकैमा बढि आक्रमक हुने यस किराले मकैको बिभिन्न भाग जस्तै , गुभो, पात ,जुँगा र घोगा तथा ढाँडमा समेत खाइ भयाबह रुपमा नोक्सान पुर्याउदछन् । नेपालको तराई भित्री मदेश तथा र पहाडी क्षेत्रमा लगाईने मकै बालिमा धैरै प्रजातिका किराको प्रकोप देखिने भयता पनि पछिल्लो समय अमेरिकन फौजी किरा प्रमुख शत्रु किराको रुपमा देखिएको छ ।

यस किराले मुख्यतया, मकै बाली मन पराउने भएता पनि मकै नपाएमा जुनेलो, धान, गहँु, कोदो, उखु, घाँसे बालीहरु, काउली वर्गका तरकारी बालीहरु, तेल बालीहरु, काँक्रो लगायतका लहरे तरकारी, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलु बालीहरुमा समेत क्षति पु¥याउन सक्दछ ।

No description available.

यो कीराले एकैचोटी आक्रामक तवरले छिट्टै ठुलो क्षेत्रमा फैलिएर ठुलो क्षति गर्न सक्दछ । नेपालको पूर्वि तराई र पहाडमा निकै आक्रमक देखिएको अमेरिकन फौजि किरा जाजरकोट जिल्लामा मात्र नभई छिमेकी जिल्ला सल्यान, रुकुममा पश्चिम लगायत अन्य जिल्लामा समेत यसको प्रकोप देखिएको छ । त्यसैले समयमा नै यस किराको पहिचान गरि व्यवस्थापन नगरेमा मकैको उत्पादनमा भारी गिरावट आउने चुनौतिपुर्ण निश्चितता देखिन्छ ।

उपयुक्त आहारा तथा आवहवाको खोजीमा यो कीराको वयस्क पुतली अण्डा पार्नु अगाडि ५०० किलोमिटर टाढासम्म पनि उडेर जान सक्दछ । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरुको रैथाने मानिने यो कीरा सन् २०१५ सम्म अमेरिकामा मात्र सीमित थियो । सन् २०१८ मा एशिया महादेशमा भारतको कर्नाटका राज्यमा पहिचान भई हालसम्म अन्य देशहरु जस्तै नेपाल, बंगलादेश, श्रीलंका, म्यान्मार, भियतनाम, थाईल्याण्ड, इण्डोनेसिया, जापान, कोरिया, लाओस, मलेसीया, चीन, ताइवानमा फेला परिसकेको छ ।

No description available.

क्षतिको लक्षण
मकैको पात, गुभो, धान, चमरा, जुँगा, घोगा तथा डाँठमा समेत यो कीराको लार्भाले क्षति पु¥याउँछ । फुलहरुबाट निस्कने बित्तिकै सानो लार्भाहरुले पातको बाहिरी सतहमा हरियो भाग कोत्रेर खान्छ । जसले गर्दा पातमा झिल्लीदार झ्याल जस्तो आकृतिहरु देखिन्छन् । त्यसपछि यी लार्भाहरु आफैले बनाएको रेसाहरु र हावाको मद्दतले अन्य बोटहरुमा फैलिन्छन् ।

कलिलो अवस्थाको मकैको गुवोभित्र प्वाल पारी पस्दै खान थाल्दछन् र बिरुवा बढ्दै जाँदा पातमा लहरै स–साना प्वालहरु परेको देख्न सकिन्छ । कीराको आक्रमण भएको ठाउँमा काठको धुलो जस्तो विष्टा पनि प्रशस्त मात्रामा देखिन्छ । यस कीराबाट अत्याधिक आक्रमण भएको अवस्थामा मकैमा असिनाबाट भएको क्षति जस्तै पातहरु छियाछिया भएको देखिन्छ । बिरुवा हुर्कदै जाँदा मकैको धान चमरा, जुँगा र घोगामा समेत पसेर यसले नोक्सान गर्न सक्दछ ।

No description available.

किराको पहिचान र जीवनचक्र
फौजी किराको लार्भा शुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको हुन्छ भने टाउको कालो हुन्छ र हुर्कदै जाँदा लार्भाको शरीर साधारणतया खैरो रंगको हुन्छ भने टाउको गाढा खैरो रंगको हुन्छ । पूर्ण विकसित लार्भा ३ – ४ सेन्टिमिटरको हुन्छन् भने वयस्क पुतलीहरु खरानी मिश्रित खैरो रंगका हुन्छन् र रातीमा सक्रिय हुन्छन् ।

−पूर्ण विकसित लार्भाको टाउकोमा दुईवटा आँखाको बिच भागमा अँग्रेजी अक्षरको उल्टो जस्तो आकारको धर्को हुन्छ ।
− लार्भाको माथिल्लो सतहमा तीनवटा पहेंलो रंगका समानान्तर धर्काहरु टाउको पछाडि देखि पेटको अन्तिमसम्म प्रष्ट देखिन्छन् ।
−लार्भाको पेटको आठौं खण्डको माथिल्लो सतहमा केही उठेका चारवटा गाढा काला थोप्लाहरु वर्ग आकारका हुन्छन् र ती थोप्लाहरुमा मसिना रौंहरु पनि देखिन्छन् ।
अण्डा, लार्भा, प्युपा र वयस्क (पुतली) यो कीराको जीवन चक्रका अवस्थाहरु हुन् । नेपाल कृषि अनुसन्धान परिषद, कीट विज्ञान महाशाखा खुमलटार ललितपुरको प्रयोगशालामा गरिएको अध्ययन अनुसार यो कीराको जीवनचक्रको अवधि २७ डिग्री सेल्सियस तापक्रममा २७ देखि ३२ दिनसम्म लागेको पाइएको छ । अत्यधिक वर्षाको अवस्थामा यसको जीवन चक्रमा प्रतिकूल प्रभाव पर्दछ । नयाँ ठाउँमा पहिलो पुस्ता अन्यत्रबाट आएर आक्रमण गर्ने र त्यसपछि उष्ण हावापानी भएका क्षेत्रमा वर्षमा ४ देखि ६ पुस्तासम्म र चिसो मौसम हुने क्षेत्रमा २ पुस्तासम्म पुरा हुनसक्ने अनुमान छ ।

पोथी पुतलीले रातको समयमा सामान्यतया पातको तल्लो सतहमा सरदर १ देखि २ सयको संख्यामा झुण्डमा पारिएका अण्डालाई पेटमा भएको खैरौ कत्लाजस्तो भुवा दली ढाकेर सुरक्षित राख्दछ । शुरुमा नौनी जस्तो सेतो, हरियो वा खैरो रंगका अण्डाहरु परिपक्व हुँदै जाँदा कालो रंगमा परिणत हुन्छन् । अण्डा गुम्बज आकारका हुन्छन् । मौसमको अवस्था हेरिकन सामान्यतया २ देखि ३ दिनसम्ममा अण्डाबाट लार्भाहरु निस्किन्छन् भने लार्भाको अवस्था आहार तथा तापक्रमको आधारमा १४ देखि २१ दिनसम्म रहन सक्दछ । लार्भा पुर्णरुपमा विकसित हुन ५ पटक काचुली फेरेपछि मात्र प्युपा अवस्थामा जान्छ । अण्डा (मकैको पातमा कीराले पारेको अण्डा, कपास जस्तो रेशाहरुले ढाकिएका अण्डाहरु कोरलिनु अघि र पछि) यो कीराको प्युपाको रंग रातो खैरो हुन्छ । पुर्ण विकसित लार्भा सामान्यतया माटोभित्र गई माटो तथा जैविक पदार्थहरुलाई रेशमी धागोले जोडी कोकुन बनाई त्यसभित्र अचल (प्युपा) अवस्थामा जान्छ । प्युपा ६ देखि ८ दिनसम्मको अचल अवस्थापछि वयस्क पुतलीहरु निस्किन्छन् ।

No description available.
र वयस्क भाले पुतलीको अघिल्लो पखेटाहरुको टुप्पो तिर ठुलो सेतो धब्बा हुन्छ भने बीच तिर अण्डाकार हल्का खैरो रंगको धब्बा देखिन्छ । पोथी पुतलीमा यस्ता धब्बाहरु देखिंदैन । भाले तथा पोथी पुतली दुबैको पछिल्लो पखेटा सेतो र भित्री किनारामा कालो धर्सा भएको हुन्छ ।

व्यवस्थापन
यो खतरनाक कीरा भएकोले व्यवस्थापनको निम्ति एउटै मात्र उपाय प्रभावकारी हुन सक्दैन । सबै सरोकारवालाहरु र कृषकहरु यस कीराको ब्यवस्थापनको निम्ति चनाखो हुनुपर्छ ।

त्यसैले यो कीराको व्यवस्थापनका लागि निम्न बमोजिमका एकिकृत शत्रुजीव व्यवस्थापनका उपायहरु अवलम्बन गर्नु पर्दछ ।
खेतबारीमा मकै उम्रेदेखि नियमित रुपमा अनुगमन गरी कीराको उपस्थिति र सम्भावित क्षतिको आँकलन गर्नुपर्दछ
एउटा पकेट क्षेत्रमा सकेसम्म एकै समयमा र अगौटे समयमा मकै रोप्ने ।

गहिरो खनजोत गरि माटोमा आश्रय लिईरहेका प्युपालाई प्राकृतिक शत्रुहरु तथा प्रत्यक्ष घामबाट मार्ने।
मकैको एकल बाली लगाउनु भन्दा कोशेबालीको अन्तरबाली वा मिश्रित बालीको रुपमा लगाउँदा कीराको प्रकोप कम हुन्छ ।
डेस्मोडियम घाँस एक किसिमको गन्ध आउने जुन यो कीरालाई मन नपर्ने हुनाले विकर्षक बालीको रुपमा मकैको बीच बीचमा लगाउने ।
छेउछाउमा पासो बालीको (आकर्षित बाली) रुपमा नेपियर घाँस लगाएर कीरालाई नेपियरमा आकर्षित गर्न सकिन्छ । नेपियरमा यो कीराले अण्डा पारेपनि सबै लार्भा खानाको अभावमा बाँच्न सक्दैन र नेपियरमा मात्र विषादीको प्रयोगद्वारा मार्न सकिन्छ ।

बिरुवालाई स्वस्थ्य र कीराको क्षति सहनसक्ने बनाउन सिफारिस गरिए अनुसार सन्तुलित मलखादको प्रयोग गर्ने ।
मकै रोप्नु अघि इमिडाक्लोप्रिड (Imidacloprid) ४८ प्रतिशत एफ एस विषादी प्रति किलोग्राम बीउमा ४ मि.लि.का दरले बीउ उपचार गरेर रोप्दा शुरुको ३ हप्तासम्मको बिरुवाहरुलाई क्षति हुनबाट बचाउन सकिन्छ ।

कीराका प्राकृतिक सत्रु जस्तै शिकारी कीराहरु को संरक्षण गर्नको लागि फूल फूल्ने बिरुवाहरु खेतबारीको डीलमा रोप्ने र विनाशकारी सत्रु कीराहरु नियन्त्रण गर्न जैविक तरिका दिगो तथा प्रभावकारी हुन जान्छ ।

शिकारी कीराहरु माकुरा , क्याराविड खपटे , पेन्टाटोमीड खपटे आदि यस शत्रु कीराको लार्भाको प्राकृतिक शत्रु हुन र तिनीहरुको संरक्षण गरेर पनि यस कीराबाट बालीनाली जोगाउन सकिन्छ ।

कीरा लागेको अवश्थामा सिचाई गर्दा पनि क्षति कम गर्न सकिन्छ त्यसैले पानी पटाउने व्यवश्था भएको ठाउँमा धान काटेपछी खेतमा २ – ४ दिनसम्म पानी पटाईदिनाले कीराको सो अवश्था नष्ट हुन्छ ।

त्चष्अजयनचबmmब कउउ अथवा व्यासिलस थुरिनजीन्सीस (बी.टी.) २ ग्राम प्रति लिटर पानीमा मिसाई छर्न सकिन्छ ।
कीराको माउहरु रातको समयमा उज्यालोमा आकर्षित हुने भएकोले प्रकाश पासोको प्रयोग गर्न सकिन्छ । यो पासो खासगरी अँधेरी रातमा बढी प्रभावकारी रहन्छ ।

निरीक्षणको क्रममा पातको सतहमा झुण्डमा पारिएका अण्डाहरु संकलन गरी नष्ट गर्ने ।

पातमा सेता लाम्चा झिल्ली सहितका प्वाल हरु देखा परेमा नीमजन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम ५ मिली लिटर प्रति लिटर पानीमा मिसाएर छर्ने ।

रासायनिक विषादीको प्रयोग गर्दा सुरक्षात्मक उपायहरु (मास्क, चस्मा, पुरा बाहुला भएको लुगा र जुत्ता लगाएर) अवलम्वन गर्नुपर्छ र लार्भा हुर्केपछि तथा मकैको घोगा लाग्न थालेपछि विषादीको प्रयोग प्रभावकारी नहुने हुँदा मकैको पातमा लार्भाले क्षति गरेको प्वालहरु तथा गुभोमा क्षतिको लक्षण देखा परेमा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाई निम्नानुसारको सुरक्षित रासायनिक विषादीहरु उपयुक्त मात्रा, समय र तरिका अपनाइ प्रति रोपनी २५ लिटरका दरले मकैको गुवोमा पर्ने गरि साँझपखको समयमा प्रयोग गर्नु पर्दछ साथै विषादी छरेपछि पर्खनु पर्ने समयको ख्याल गर्नु पर्दछ ।
 स्पाइनेटोराम (Spinetoram) ११.७ एस.सी. १ मि.लि. प्रति २ लिटर पानीका दरले
− वा – इमामेक्टिन बेन्जोएट (Emamectin Benzoate) ५ प्रतिशत एस.जी. १ ग्राम प्रति २.५ लिटर पानीका दरले
−वा – क्लोरानट्रानिलीप्रोल (Chlorantraniliprole) १८.५ प्रतिशत एस.सी. १ मि.लि. प्रति २.५ लिटर पानीका दरले
− वा – स्पाइनोस्याड (Spinosad) ४५ प्रतिशत एस.सी. १ मि.लि. प्रति ३ लिटर पानीका दरले मिसाएर छर्ने ।

No description available.

श्रोतहरु
−अमेरिकन फौजी कीराको पहिचान क्षति र त्यसको ब्यवस्थापन,कृषि तथा पशुपंक्षी विकास मन्त्रालय हरिहरभवन, ललितपुर।

−Spodoptera frugiperda (fall armyworm). https://www.cabi.org/cpc/datasheet/ 29810.

−मकैवालीमा लाग्ने अमेरीकन फौजीकीरा । अजय श्री रत्न बज्राचार्य, बिनुभाट र डा. प्रेम निधि शर्माकीट विज्ञान महाशाखा खुमलटार, ललितपुर ।
−नेपालमा मिचाहा सिपाही कीरा (Fall Armyworm) भित्रिने सम्भावना र यसबाट हुन सक्ने जोखिमहरु । शालिक राम अधिकारी, प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द ।

−Community-Based Fall Armyworm (Spodoptera frugiperda); Monitoring, Early Warning and Management.Training of the Trainers Manual. FAO & CABI.