कुशेमा पालिका स्तरीय प्रारम्भिक बाल विकास शिक्षकहरूको प्रथम सम्मेलन सम्पन्न
रमेश बस्नेत
कुशे । जिल्लाको कुशे गाउँपालिकामा पालिका स्तरीय बालबिकास शिक्षकहरूको प्रथम सम्मेलन सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, पहाडी क्षेत्र विकास अभियानको समन्वय र कुशे गाउँपालिकाको आयोजनमा पालिका स्तरीय प्रारम्भिक बालबिकास केन्द्रका शिक्षकहरूको दुई दिने प्रथम सम्मेलन दुर्गादेवि मा वि कुशे भार्मामा सम्पन्न भएको हो ।
“घर बलियो जगले राष्ट्र बलियो प्रारम्भिक बालबिकासले” भन्ने नाराका साथ सम्पन्न सम्मेलनमा कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतको अध्यक्षता रहेको थियो भने पूर्व मन्त्री एवं कर्णाली प्रदेश सभाका सभासद तथा प्रारम्भिक बालबिकासका लागि प्रदेश सभा सदस्यहरूको सहकार्य समन्वय समूह भ्ऋम्ऋब्ग्ऋग्क् का संयोजक सीता नेपालीको प्रमुख आथित्यमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।
शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जनक बहादुर शाहले संचालन गरेको कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ जित बहादुर शाह,सेभ द चिल्ड्रेन शिक्षा ब्यवस्थापक आत्मराम भट्टराई, सेतो गुराँस बालबिकास केन्द्र सुर्खेतका संयोजक जानकी देवकोटा, पहाडी क्षेत्र बिकास अभियान जाजरकोटका कार्यकारी निर्देशक रण बहादुर कार्की लगायतले बालबिकास केन्द्रका शिक्षकहरूले प्रर्दशनीमा राखेका स्टलहरूको अवलोकन र कार्यक्रमको सहजीकरण गरेका थिए भने शिक्षा युवा तथा खेलकुद शाखाका स्रोत ब्यक्ति कृष्ण गिरीले प्रारम्भिक बालबिकासको अवस्थाको बारेमा जानकारी दिएका थिए ।
उपाध्यक्ष देविका सिंह, प्रमुख प्रशासकिय अधिकृत लालभक्त शाही, पत्रकार र जनप्रतिनिधीहरूको उपस्थितिमा असार ४ र ५ गते संचालन भएको सम्मेलनले बालबिकास केन्द्र सुधारका लागि नौ बुदे संयूक्त घोषणापत्र समेत जारी गरेको छ ।
प्रारम्भिक बालबिकास केन्द्रका शिक्षकहरू, अभिभावक, जनप्रतिनिधि, बालबिकासको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेन तथा यसका साझेदार गैरसरकारी निकायहरूले बालबिकास र बालबालिकाको सिकाई सुधारको लागि प्रतिबद्धता जनाएका थिए ।
बालबिकास उमेरका सबै बालबालिकाहरूलाई बालबिकास केन्द्रमा भर्ना गरि निरन्तरताको सुनिश्चितता गर्ने, बर्षमा कम्तीमा पनि २ सय २० दिन बालबिकास केन्द्र खुल्ने र १ सय ९२ दिन पठनपाठन क्रियाकलापहरू सञ्चालन गर्ने,बालबालिकाहरूको दैनिक उपस्थितिमा ९० प्रतिशत भन्दा बढी सुनिश्चित गर्ने, बिचमै बिद्यालय छाड्ने दरलाई शुन्यमा झार्ने, बालबिकास केन्द्रबाट अनुभवी बालबालिकाको कक्षा १ मा जाने दरलाई शतप्रतिशत गर्ने,प्रारम्भिक बालबिकास केन्द्रको नयाँ पाठ्यक्रम २०७७ अनुसार दैनिक पाठयोजनाको आधारमा कक्षालाई बालमैत्री बनाउने, विषयगत सीप सिकाईका क्षेत्रलाई पूर्णरूपमा समेटेर कार्यान्वयन गर्ने, प्रारम्भिक बालबिकास केन्द्रहरूको गुणस्तर सुधार गर्ने,पालिका स्तरीय एकीकृत रणनितिक योजना र बालबिकास केन्द्रका न्यूनतम मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आदि बुदाहरू जारी घोषणपत्रमा उल्लेख गरिएको छ ।
बालबिकास केन्द्रलाई संगठित, व्यवस्थित बनाउनका लागि पालिका स्तरीय बालबिकास शिक्षक संजाल पनि गठन गरिएको छ । बालबिकास केन्द्रकी सहजकर्ता भवानी शाही संयोजक रहेको संजालमा राममाया शाही , विपना केसी लगाएतका नौ सदस्यीय बालबिकास शिक्षक संजाल गठन गरिएको छ ।
यस्तो छ घोषणा पत्र