अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने 


प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ । अमेरिकाको राज्य स्तरको सहकार्य कार्यक्रम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न आज समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको थियो ।

अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले आजको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएपछि समितिले कारण सोध्ने निर्णय गरेको हो । समितिको बैठकमा सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री संसदीय समितिमा अनुपस्थित हुनु लोकतन्त्र तथा संसदको संसदीय प्रणाली प्रतिकुल भएकाले ध्यानाकर्षण गराउने निर्णय गर्ने प्रस्ताव गर्नुभयो । यो प्रस्ताव प्रति सत्तारुढ नेपाली काँग्रेसका सांसदहरूले भने आपत्ति जनाएका थिए ।

तपाईको प्रतिक्रिया