सहाराविहीन वालवालिकाहरु खोज्दै जाजरकोट पुगिन् जयन्ती

टुहुरा वालबालिकाहरुलाई ४० हजारको खाद्य र पढाइ सहयोग सामाग्री हस्तान्तरण

No description available.

जाजरकोट । विपन्न, सहाराविहिन र पीडित जनताको सेवामा सक्रिय युवा समाजसेवी जयन्ती थापा सहाराविहिन वालवालिका खोज्दै जाजरकोट पुगेकी छिन् । वाह्र वर्ष देखि परिवार सहित अमेरिकामा वस्दै आएकी समाजसेवी थापा जाजरकोटमा रहेका सहाराविहीन वालवालिकाहरुलाइ खाद्य तथा पढाइ सहयोगका सामाग्री दिन विहिवार खलंगा पुगेकी हुन् ।
नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष जनक केसीको सम्पर्कमा जाजरकोट पुगेकी जयन्तीले विहीवार सदरमुकाम खलंगाको थाप्ले स्थित नेपाल आमा अनाथ अाश्रममा आयोजित एक कार्यक्रमका विच ४० हजार वरावरको खाद्य तथा अन्य शैक्षिक सामाग्रीहरु वितरण गरिन् ।

जयन्तीले व्यक्तिगत सहयोग गरेर विगत चार वर्ष देखि पढिरहेका छेडागाड नगरपालिका वडा नम्वर १३ चैते टाकुराका चार जना साहाराविहीन दलित वालवालिकाहरु र अनाथ अाश्रममा रहेका २७ जना अनाथ वालवालिकाहरुलाइ आफै उपस्थित भएर उक्त सहयोग सामाग्रीहरु हस्तान्तरण गरेकी हुन् । आफु वाचुन्जेल सम्म दीनदुःखीको सेवामा रमाउने चहाना रहेको जयन्तीले वताइन् । जहाँ रहे पनि नेपालीपन, नेपाली माटो र नेपालीमनप्रतिको माया, भावना र विस्वासले सधैं नेपाल र नेपालीका लागि केहि गरिरहन मन लाग्छ, जयन्तीले भनिन् । म जहाँ छु नेपाली दिनदुखीको लागि छु , जे गर्छु दुखमा परेकाहरुको हितका लागि गर्छु उनले भनिन् ।

No description available.

सानो छोरा र जवान छोरीलाइ साथैमा लिएर रुकुम, जाजरकोट दैलेख र कैलाली लगाएतका जिल्लाका विपन्न वालवालिका र जनतालाइ भेटन् पुगिरहेकी जयन्तीले नेपाली माटो, नेपाली जीवन र नेपाली माया वुझाउन छोरा र छोरीलाइ साथैमा लिएर हिडेको वताइन् । जयचन्द्र मिडिया ग्रुप प्रालिको समन्वयमा आयोजित कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष जनक केसीले परोपकारी भावना र ठुलो मन भएकी जयन्तीको सहयोगले धेरै विपन्न र साहाराविहिन वालवालिकाहरुले पढाइ र खानाका लागि ठुलो सहयोग पाएको वताए ।

मनकारी जयन्ती हामी सवैका लागि उदाहरणीय पात्र हुनुहुन्छ, अरुको सेवा सहयोगमा निस्वार्थ मनले काम गर्ने विरलै व्यक्तिहरु मध्य जयन्ती पनि एक हुन, पुर्व अध्यक्ष केसीले भने । यस्तै नेपाल आमा अनाथाश्रमकी सन्चालक नरिन्ताकुमारी शाहले जयन्तीको सहयोगले आफनो संरक्षणमा रहेका वालवालिकाहरुलाइ ठुलो राहत मिलेको वताइन् । समुद्रपारीका देशमा रहेकी जयन्तीले जाजरकोटका लागि गरेको सहयोग वहुमुल्य छ , नरिन्ताले भनिन् । धन भएर मन नहुनेहरुको भीडमा जयन्ती एउटा मनको धनी व्यक्ति भएको उनले वताइन् ।

No description available.

कार्यक्रममै छेडागाड नगरपालिका वडा नम्वर १३ चैतेटाकुरामा घर भइ जयन्तीको सहयोगले १२ कक्षा सम्म पढ्न पाएकी प्रतिभा परियारले जयन्ती आफुहरुको जीवनमा भगवान वनेर आएको वताइन् । उनले वुवाको मृत्यु र आमाले छोडेर अरुसंगै विहे गरेपछि आफुहरु एक्लो मात्र नभइ ठुलो आपतमा परेको वेला जयन्तीले आफुहरुलाइ पढाउने जिम्मा लिएर ठुलो पुण्यको काम गरेको वताइन् ।

आफना वुवा, छोराछोरी सहित जाजरकोट खलंगा पुगेकी थापालाइ उनको समाजसेवा र मानव कल्याणप्रतिको कर्मको सम्मान स्वरुप जयचन्द्र मिडिया ग्रुप प्रालि र नेपाल आमा अनाथाश्रम जाजरकोटले संयुक्त रुपमा सम्मानपत्र समेत प्रदान गरे ।

विगत एक दशक देखि मुलुककका कर्णाली लगाएत अन्य जिल्लाका दुइ दर्जन सहाराविहिन वालवालिकाहरुको पठनपाठनमा जयन्तीले व्यक्तिगत रुपमा लगानी गरिरहेकी छिन् । यस्तै विभिन्न घटना र कारणले पिडित तथा विपन्न भएका जनतालाइ पनि खाद्य, लत्ताकपडा, शिक्षा , स्वास्थ्य र अन्य सहयोगका लागि पनि जयन्तीले निरन्तर सक्रियता देखाइरहेकी छिन् । जयन्तीको समाजसेवी कर्म सवैका लागि सत्कर्म र सिर्जनात्मक अभियानका लागि प्रेरणा र उर्जाको श्रोत रहेको स्थानीय सरोकारवालाहरु वताउँछन् ।

No description available.

विदेशी भुमिमा सुखसयलको जीवनमा रहेर पनि नेपालका दुरदराजका विपन्न जनताको सेवामा तान्निन खोज्नु जयन्तीको नेपाली माटोप्रतिको चोखो प्रेम हो ,अधिवक्ता सहदेवजंग शाहले भने ।

तपाईको प्रतिक्रिया