जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा सुनार निर्वाचित

 सुर्खेत ।   जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा गंगाराम सुनार निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा एमाले/माओवादी गठबन्धनबाट एमालेका सुनार निर्वाचित भएका हुन् ।

सुनारले १० मत प्राप्त गरेका छन् भने काँग्रेसबाट उम्मेदवार दिलीपकुमार वाग्लेले ८ मत पाएका छन् । यस्तै, उपप्रमुखमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका सचिनकुमार बडुवाल निर्वाचित भएका छन ।

सदस्यहरूमा एमालेका डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मिना मल्ल, सावित्रा टोमटो निर्वाचित भएका छन् यस्तै, माओवादीबाट शान्ति ताराम र तुलाराम नेपाली निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया