
जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले जुनीचाँदे जीप दुर्घटनामा परी मृत्यु भएकाहरूप्रति गहिरो शोक व्यक्त गरेको छ ।
पार्टीले शोक वक्तव्य जारी गर्दै जीप दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेको हो ।
वक्तव्यमा भनिएको छ दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह पनि गरेको छ ।
त्यसैगरी, दुर्घटनामा ज्यान गुमाएका परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको पार्टीका जिल्ला सचिवालय सदस्य पौरख मल्लले जानकारी दिए ।
शुक्रबार जुनीचाँदे गाउँपालिकाको वडा नं ५ स्थित गर्खाकोट ( वेलपुइना) मा कर्णाली प्रदेश ०२००१च ०३४१ नम्वरको वोलेरो जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइतेहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ । शोक व्यक्त गर्दै पीडित परिवारहरूप्रति समवेदना व्यक्त गरेको हो ।

















































। २७ जेष्ठ २०७९, शुक्रबार