२१ जेष्ठ २०७९, शनिबार

मुक्तक: रात साक्षी छन्

मुक्तक 
सधैंभरि अंगालोमा बेर्नुपर्छ भन्दिन म
दुरी टाढा हुदैमा माया मर्छ भन्दिन म
हरक्षण सम्झिदिए पुग्छ बिर्सनु भएन
तिमी बिना यो जिन्दगी बेकार छ भन्दिन म

मुक्तक 
अधेँरी र उजेलीका रात साक्षी छन्
मलाई अंगालोमा बेर्ने तिम्रै हात साक्षी छन्
अर्कैसंग सल्केपछि चिन्नै छाड्यौ अचेल
ओठमा ओठ राखि जिब्रो टोक्ने दाँत साक्षी छन्

मुक्तक 
चुपचाप थियो त्यो रात एकान्त थियोे
वरपरको वातावरण सब शान्त थियोे
ऐतिहासिक भयो हाम्रो लागि त्यो रात
एकै रातको घटना त्यो जिवन्त थियोे

मुक्तक 
हामी दुई आफ्नै धुनमा थियौँ
एकान्त कोठा सुनशानमा थियौँ
आकाश गर्जेर पानी झरेछ पत्तै भएन
हत्तेरी ! जे भयो त्यतिबेला अन्जानमा थियौं

मुक्तक
विगतका पलहरु याद छन् कि छैनन्
तिम्रा याद बाहेक यहाँ, केही बाँकी छैनन्
छाती पोल्छ भतभती मुटु जल्दैछ भित्र
जिउँदो लास हुँ म, मरेपनि कोही दुःखी छैनन्