२१ जेष्ठ २०७९, शनिबार

गजल: आमा

भुपेन्द्र नेपाली

मध्यराती सपनीमा आमालाई देखेर पो रोए
कमोल ती हातहरु माथी पाउ टेकेर पो रोए ।

आउन त खुशी बोकेरै घर आएको थिए
वीच बाटोमा आमाको मलामी भेटेर पो रोए !

डाँडाकाँडा थर्कने गरि कराउँथ्ये आमा भनेर
त्यही नामको शब्द यो मुखबाट मेटेर पो रोए ।

आमा हजुरको एकै बोली सुन्न मन छ भन्दै थिए
झट्टै अनुहार हेर्न खोज्दा कात्रोले छेकेर पो रोए ।

सकियो सबै लुटिए म, एक्लो भएको छु संसारमा
अनन्त आमाको लागि एक रचना लेखेर पो रोए ।