२१ जेष्ठ २०७९, शनिबार

मुख्यमन्त्री कप भलिवल प्रतियोगिताका लागि जाजरकोटका खेलाडी छनौट, टीममा कोको छन् ? ( नामावली सहित)

No description available.जाजरकोट । मुख्यमन्त्री कप भलिवल प्रतियोगिताका लागि जाजरकोटका खेलाडी छनौट गरिएको छ । असार २ देखि ४ गते सम्म कालिकोटमा हुने मुख्यमन्त्री कप भलिवल प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको हो ।

जिल्ला खेलकुद विकास समिति जाजरकोटको समन्वयमा जिल्लाका खेलाडीहरु छनौट गरिएको जिल्ला खेलकुद विकास समिति जाजरकोटका कार्यालय प्रमुख जयप्रसाद आचार्यले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार, निरज राना, यमु पुन, जय प्रकाश पुन, शिशिर बुढा मगर, टेकेन्द्र शाही, भुपेन्द्र वली, नविन देवकोटा, सुजेन्द्र आ.र.सी, भरतलाल जैसी छनौटमा परेका छन् । यस्तै वैकल्पिक खेलाडीहरुमा धनबहादुर कठायत, अर्जुन विक, चन्द्रबहादुर राना, योगेन्द्र सिंह र रमेश शाही रहेका छन् ।