बारेकोटमा माओवादीको गढ भत्काउँदै एमाले,वडाध्यक्ष सहित ६६ जनाले गरे प्रवेश

May be an image of 6 people, people standing, outdoors and tree
बारेकोट । नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष सहित ६६ जनाले नेकपा एमाले प्रवेश गरेका छन् । बारेकोट गाउँपालिका ३ रुम्सीलका वडा कमिटी अध्यक्ष सुरबहादुर सिंह सहित ६६ जनाले एमाले प्रवेश गरेका हुन् ।

नेकपा एमाले जाजरकोटका सचिव एवं बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले प्रवेशीहरुलाई स्वागत गरेका छन् । बारेकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रको गढ नेकपा एमालेले भत्काउँदै छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष सहित चार वटा वडामा एमालेका उम्मेदवारहरु विजयी भएका छन् भने माओवादी केन्द्रको गढ मानिएको बारेकोटमा गाउँपालिका उपाध्यक्ष सहित एउटा वडामा जित निकालेको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष सहित ४ वडामा जित निकालेको माओवादी केन्द्र वैशाख ३० को निर्वाचनमा एउटा वडामा सीमित भयो । गाउँपालिका निवर्तमान उपाध्यक्ष ओमा शाहीको टोल रुम्सील बाट ६६ जनाले सामुहिक नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका अधिकांश नेता कार्यकताहरु निराश बनि नेकपा एमालेमा प्रवेश गर्दा माओवादी केन्द्रले समिक्षा गर्लाकि नगर्ला भन्ने प्रश्न उब्जिएको छ । २०५२ साल देखि माओवादी केन्द्रको गढ मानिएको बारेकोटमा माओवादी केन्द्र कमजोर देखिनुको पछाडि जिम्मेवार नेताहरुको कमजोरी रहेको स्थानीय बताउँछन् । नेकपा एमाले भने बारेकोटमा आफ्ना गढहरु जमाउँदै गएको छ ।

तपाईको प्रतिक्रिया