सुर्खेतका शंकास्पद बिरामीमा कोरोना ‘नेगेटिभ’

सुर्खेत : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आइसोलेनमा राखिएका सुर्खेतका एकजना बिरामीमा कोरोना भाइरस नभएको पुष्टि भएको छ। उनको सम्पूर्ण स्वास्थ्य चेकजाँचपछि उक्त रोग नभएको पुष्टि भएको हो। काठमाडौंबाट सुर्खेत जहाजमा आएका ती व्यक्तिलाई १००.५ डिग्री ज्वरो देखिएपछि चिकित्सकको टोलीले आइसोलेसनमा राखेको थियो।

१००.४ डिग्रीभन्दा बढी ज्वरो देखिएकालाई आइसोलेसनमा राखिने स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीले जानकारी दिइन्। ‘उहाँमा अर्कै कारण ज्वरो बढ देखिएको रहेछ, काठमाडौंबाट रिर्पोट आइसकेको छ, उहाँमा कोरोना नेगेटिभ देखिएको छ’ उनले भनिन्।

ती व्यक्ति जापानबाट कोरिया हुँदै नेपाल आएको भनेकोले विशेष निगरानी राखएको थियो। विश्वभरि फैलिएको उक्त भारइस कर्णालीलगायत नेपालमा नदेखिए पनि उच्च सतर्कतामा सरकारले काम गरेको उनको भनाइ छ। कर्णालीमा तत्काल कोरोना नदेखिए पनि जोखिम भने उस्तै छ। कोरोनाको उत्पत्ति भएको स्थान चीनसँग सिमाना जोडिनु,

कर्णालीका बढी मानिस रोजगारीका लागि जाने भारतमा पनि कोरोना देखा पर्नुले पनि कर्णालीमा पनि उच्च जोखिम रहेको भन्दै उनले सरकारल एकलै भन्दा पनि सबै मिलेर कोरोना बिरुद्ध उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिइन्।

तपाईको प्रतिक्रिया