जाजरकोटका दुई स्थानीय तहमा पूर्वाधार सहयोग कार्यक्रम


जाजरकोट । जाजरकोटका २ स्थानीय तहमा स्थानीय तह पूर्वाधार कार्यक्रम सञ्चालन हुने भएको छ । नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो । यस्तै, कर्णाली प्रदेशका १५ स्थानीय तहमा स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रम सञ्चालन हुने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्णाली प्रदेशका ४ नगरपालिका र ११ गाउँपालिका यो कार्यक्रमको लागि छनौट गरेको हो । बेलायत सरकारको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा कर्णाली प्रदेशमा २०२३ जुलाईसम्म सञ्चालन हुने स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको लागि स्थानीय तहहरु छनौट भएका हुन् ।

मन्त्रालयले ५७ स्थानीय तहबाट आएको निवेदनको आधारमा १५ स्थानीय तह छनौट भएको सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । कार्यक्रम अन्तर्गत पूर्वाधार, जलवाय परिर्वतन, फोहोर मैला व्यवस्थापन लगायतको क्षेत्रमा काम हुनेछ ।

तपाईको प्रतिक्रिया