
Files Photo
बारेकोट । डोल्पाको जगदुल्ला गाउँपालिकाको टाङ्टुगे लेकमा यार्सागुम्बा संकलन गएका बारेकोटका एक युवकको मृत्यु भएको छ । बारेकोट गाउँपालिका – ६ ताँसीका २० वर्षीय गणेश विकको मृत्यु भएको उनका दाई देवराज विकले जानकारी दिए ।
ताँसी घर भएपनि गणेशको परिवार विगत लामो समयदेखि डोल्पाको मुड्केचुला गाउँपालिका – ५ ओक्टमा बस्दै आएका थिए । गणेशले तीन हप्ताअघि मात्रै जाजरकोटबाट विहे गरेका थिए ।
बारेकोट – ६ ताँसीबाट विहे गरेका गणेशको अचानक तीन घण्टा विमारी भएपछि टाङ्टुगे लेकमा गत मंगलबार मृत्यु भएको उनको परिवारले जनाएको छ । गणेशका बुवाको पहिले नै मृत्यु भइसकेको छ भने उनको परिवारमा श्रीमती, आमा, दाई र भाइ छन् ।
विगतमा पनि डोल्पा लगायत मुगु, जुम्ला, हुम्लामा पाइने महँगो जडीबुटी यार्सागुम्बा टिप्न गएका कैयौँले लेकमा ज्यान गुमाएका छन् । टाङ्टुगेमा योभन्दा पहिले धेरैले ज्यान गुमाएका घटनाहरु छन् ।
















































। १८ जेष्ठ २०७९, बुधबार