कक्षा १२ को परीक्षा आजबाट सुरु, जाजरकोटका ४ हजार १३६ विद्यार्थी सहभागी

File Photo

जाजरकोट । कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी हुने भएका छन् । यस्तै, जाजरकोटका ४ हजार १३६ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
बिहान ८ बजेदेखि भएको परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाका लागि जाजरकोटमा १६ वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय ईकाइ जाजरकोटका प्रमुख रमेश मल्लले जानकारी दिए । देशभर १ हजार २ सय ९२ केन्द्र कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया