१५ जेष्ठ २०७९, आईतवार

भेरी नगरकार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी

No description available.
जाजरकोट । भेरी नगरकार्यपालिकाको आइतबार सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचनबाट नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका चार चार जना विजयी भएका छन् । नगरकार्यपालिकामा पाँच जना महिला सदस्य निर्वाचित भएका छन् भने ३ जना पुरुष सदस्य निर्वाचित भएका छन् ।

No description available.

नेपाली काँग्रेस बाट महिला तर्फ बाट काली खत्री, भीमकुमारी पुन र सिर्जन घर्ती निर्वाचित भएका छन् । पुरुष तर्फबाट डोटे नेपाली बादी निर्वाचित भएका छन् । यस्तै नेकपा माओवादी केन्द्र महिला तर्फ बाट मोती नेपाली र लिलादेवी गौतम, गोपाल लुहार र मनिराम दमाई निर्वाचित भएका छन् ।

No description available.

संवैधानिक व्यवस्था अनुसार नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको पन्ध्र दिनभित्र नगर सभाका सदस्यहरुले आफुमध्येबाट निर्वाचित गरेका पाँच जना महिला सदस्य र तीन जना सदस्य समेत नगरपालिकाको सदस्य हुनेछन् ।