१५ जेष्ठ २०७९, आईतवार

शिवालय गाउँ कार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी

शिवालय गाउँ कार्यपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित
जाजरकोट । शिवालय गाउँकार्यपालिकाको आइतबार सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचनबाट नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका तीन तीन जना विजयी भएका छन् । गाँउ कार्यपालिकामा ४ जना निर्वाचित सदस्य र २ जना समावेशी खुल्ला बाट निर्वाचित गर्नुपर्ने प्रावधान रहेको छ ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य मतदाता हुने ब्यवस्था छ । गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेस तर्फ खुल्ला दलित÷अल्पसंख्यक सदस्य पदमा शेर बहादुर नेपाली(बादी), महिला सदस्य पदमा तारा थापा मगर, पुष्पा बिक निर्बाचित भएका छन् भने नेकपा माओवादी केन्द्रबाट खुल्ला दलित÷अल्पसंख्यक सदस्य पदमा लिले सुनार, महिला सदस्य पदमा भबिसरा बिसि, पार्वती बिक निर्बाचित भएका छन् ।

उनीहरु सवैले वडाध्यक्ष सरह सुविधा पाउनेछन् भने कार्यपालिकाको वडा सदस्यको रुपमा काम गर्नेछन् । शिवालय गाँउपालिकामा सत्ता गठबन्धनबाट अध्यक्षमा काँग्रेसका शेरबहादुर शाही र उपाध्यक्षमा माओवादी केन्द्रका गिता शाही निर्वाचित भएका छन् ।