सम्पर्कविहिन तारा एयरको जहाजका पाईलट थिए रुकुम पश्चिमका उत्सव


रुकुम । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज चालक दलका एक जना सदस्य रुकुम पश्चिमका रहेका छन् । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ३ का उत्सव पोखरेल उक्त विमानको को–पाईलटका रुपमा रहनुभएको थियो । जर्मनीमा पढेका ३० वर्षिय पोखरेल विगत एक वर्ष देखि कार्यरत रहेको बताईएको छ । उक्त जहाज सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाउनुभएको थियो ।

१९ जना यात्रु र ३ जना चालक दलका सदस्य गरी २२ जना सवार ९ एन एईटी कलसाइनको ट्वीनअटर जहाज आज बिहान पोखराबाट मुस्ताङका लागि उडेको थियो । बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको उक्त जहाज १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो ।

सम्पर्क विहिन जहाजको कोजी कार्य जारी रहेको छ । नागरिक उड्यन प्राधिकरणका अधिकारीहरुले मुस्ताङको टिटी लेक वरपर जहाजको खोजी केन्द्रित गरिएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया