जव गाउँमै निशुल्क शिवीर सञ्चालन पछि स्थानीय हर्षित

जाजरकोट । गाउँमै निशुल्क उपचार पाएपछि जाजरकोट नलगाड नगरपालिका ८ का बासिन्दा खुशी भएका छन् । गाउँमै विभिन्न रोगको निशुल्क उपचार तथा औषधी बितरण भएपछि गाउँलेहरु खुशी भएका हुन् । विरामी पर्दा राम्रा अस्पताल र विशेषज्ञ डाक्टरसम्म पुग्नै सकिदैन् उनीहरु भन्छनर्, घरआगनमै उपचार पाउँदा ज्यादै खुसी लाग्यो ।’

अस्पताल जानसक्ने अवस्था नभएका गाउँलेले घरआगनमै विशेषज्ञ डाक्टर आएर उपचार गरेपछि राहातको अनुभूति गरेको स्थानीय नारायण शाहीले बताए ।

स्थानीय सर्केनी शाहीले पनि घरआगनमै भएको शिविरमा निशुल्क उपचार पाउँदा निकै खुशी लागेको बताइन् । समान्य उपचारको लागि पनि रारीज्यूला, दल्ली जानु पर्ने बाध्यता छ उनले भनिनर्, अहिले गाउँमै सेवा पाउँदा एकदमै खुसी छु ।’

स्वास्थ्य कार्यालय जाजरकोटले नलगाड नगरपालिकाको समन्वयनमा सञ्चालित शिवीरमा करिव ७ सय नागरिकले सेवा लिएका छन् । दुर्गम गाउँका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर गरिएको स्वास्थ्य कार्यालयका प्रमुख टिकाराम जैसीले बताए ।

उनले शिविरमा जनरल फिजिसियन सेवा, स्त्रीरोग सेवा, बालरोग सेवालगायतका सेवाहरु प्रदान गरिएको जानकारी दिए । कमजोर आर्थिक अवस्थाले उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी गरिएको शिविरले गाउँबासीलाई धेरै सहज भएको समाजसेवी जयबहादुर सिंह बताए ।

हाम्रो गाउँघरतिर धेरै मानिस सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न बाध्य छन् उनी भन्छनर्, त्यस्ता व्यक्तिलाई शिविरले ठुलो सहयोग गरेको महसुस भएको छ ।’
वडाध्यक्ष गोविन्द्र शाहीले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको भन्दै स्वास्थ्य कार्यालयलाई धन्यवाद समेत दिए ।

उनले आगामी दिनमा पनि वडाबासीको सुविधाको लागि सरकारी र गैरसकारी निकायसँग समन्वय गरी स्वास्थ्य शिविर गर्ने उद्धघोष गरे । उपचारको लागि आएका अधिकाश व्यक्तिमा नशा, कम्मर दुख्ने, दम, यौनरोग सम्वन्धी समस्या देखिएको डा. संजित भण्डारीले जानकारी दिइन । यस्तै बालरोग विशेषज्ञ डा.प्रदीप पौडेलले बालबालिकामा भने कुपोषण, मुटुरोग, रुघाखोकी जस्ता समस्या रहेको उल्लेख गरे ।

शिविरमा प्रदेश अस्पतालमा कार्यरत फिजिसियन भण्डारीसहित बालरोग विशेषज्ञ डा प्रदीप पौडेल, डा.ज्योति गिरी, डा. सुभेच्छा वाइबा, जाजरकोटमा कार्यरत डा. औसरसिंह राठौर, स्वास्थ्यकर्मी भगवती बाहोरा, तप्त चुनारा, नरेशकुमार शाही, जयकुमारी शाही, लालबहादुर बस्नेत, मेलिना शाही, एलिसा आरसी, कमला रावललगायतले स्वास्थ्य चेकजाँच सहितको सेवा दिएका थिए ।

तपाईको प्रतिक्रिया