पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अनेरास्ववियूको प्रदर्शन


जाजरकोट । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू जाजरकोटले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध विरोध प्रदर्शन गरेको छ ।  अनेरास्ववियूले बुधबार जाजरकोट खलंगामा राँको जुलुस निकालेर विरोध गरेको हो ।                                               सुरक्षाकर्मीको चौतर्फी घेरा लाई तोड्दै बिरोध प्रदर्शन गरिएको थियो । आगोका रांकाहरु हातमा लिएर  सरकारको राजीनामाको माग गर्दै प्रदर्शन गरिएको अनेरास्ववियुका केन्द्रिय सदस्य दिनेश गौतमले जानकारी दिए । मुल्य वृद्धि खारेज गर, अनेरास्ववियु जिन्दावाद, मापसे सरकार राजिनामा दे,  लगायतका नारा लगाइएको थियो । उक्त  प्रदर्शनको नेतृत्व अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य दिनेश गौतम र रामचन्द्र घर्ती गरेका थिए ।

तपाईको प्रतिक्रिया