मिथ्या सूचना नियन्त्रणका लागि सबै सचेत हुनुपर्नेमा जोड

काठमाण्डौं । सामाजिक सञ्जालमा आउने मिथ्या सूचनालाई नियन्त्रण गर्न कानुन भन्दा पनि जनचेतना आवश्यक पर्ने पत्रकार र कानुनविद्हरूले बताएका छन् । प्रविधिको विस्तार भएसँगै सामाजिक सञ्जालमा मिथ्या र भ्रमपूर्ण सूचनाहरूको सम्प्रेषण बढ्दै जान थालेको छ । यसलाई नियन्त्रणका लागि कानुन बनाउनुपर्ने बहस चलिरहेका बेला जनचेतना बढाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ ।

नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको ‘मिडियामा मिथ्या सूचनासम्बन्धी कार्यशाला’ विषयक कार्यक्रमा कानुन व्यवसायी टङ्क अर्यालले कानुनले मात्रै मिथ्या सुचना रोक्न नसकिने बताउनुभयो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष विपुल पोखरेलले सरकार सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने ध्ययमा लागेको भन्दै यसले मात्र गलत सूचना रोक्न नसकिने बताउनुभयो ।

सञ्चार माध्यमलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्दा पनि सही सूचनामा अवरोध हुने भन्दै अध्यक्ष पोखरेलले यसतर्फ सञ्चारकर्मी सचेत हुनुपर्ने पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया