९ जेष्ठ २०७९, सोमबार

अब २२ स्थानीय तहको मतपरिणामा आउन बाँकी


वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अब २२ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी रहेको छ । देशभर एकै चरणमा भएको स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय ३१ स्थानीय तहको मतपरिणामा आइसकेको छ ।

हालसम्मको नतिजा अनुसार नेपाली काँग्रेसले ३ सय २१ स्थानको प्रमुखमा जितेको छ । सुरुदेखि नै अग्रता बनाइराखेको काँग्रेसले हालसम्म २ सय ९५ उपप्रमुखमा जित हासिल गरेको छ । यस्तै नेकपा एमालेले १ सय ९९ प्रमुख र २ सय २९ उपप्रमुखमा जितेको छ । माओवादी केन्द्रले १ सय २० प्रमुख र १ सय २६ स्थानीय तहको उपप्रमुखका जित हात पारेको छ ।

यस्तै जनता समाजवादी पार्टीले २९ प्रमुख र ३० उपप्रमुख, एकीकृत समाजवादीले १८ प्रमुख र २२ उपप्रमुख, लोकतान्त्रिक समाजवादीले १५ प्रमुख र ११ उपप्रमुख तथा अन्य तर्फका २९ जनाले प्रमुख र १८ जनाले उपप्रमुखमा जित हात पारेका छन् । विशेषगरी महानगर र केही विवाद भएका स्थानका मात्रै मतगणना बाँकी रहेको छ । मतगणनामा ढिलाइ भइरहेकाले निर्वाचन आयोगले भोलिसम्म सबै मत गनिसक्न निर्देशन दिएको छ ।