७ जेष्ठ २०७९, शनिबार

जाजरकोटी गायिका गीता चनाराको ‘लभ गरेको खर्च’ सार्वजनिक (भिडियो सहित)


जाजरकोट । जाजरकोटी गायिका गिता चनाराको ‘लभ गरेको खर्च’ वोलको गित सार्वजनिक भएको छ । शुक्रवार खरो मिडिया च्यानलबाट गीतको भिडियो सहित सार्वजनिक भएको हो ।

यसभन्दा अघि विभिन्न गीतहरु सार्वजनिक गरेकी चनाराको यो गीतमा लोकप्रिय गायक खिम सेन्चुरीले आवाज भरेका छन् । गीता चनारा र खेम सेन्चुरीको आवाजमा सजिएको गीतको शब्द र संगीत मुकुन्द्र पौडेलले गरेका छन् ।

उक्त गीतमा निहारिका थापा, रमेश विश्वकर्मा र निरज श्रेष्ठले अभिनय गरेका छन् । गायिका गीता चनारा भेरी नगरपालिका १ की स्थायी वासिन्दा हुन् । उनका यसभन्दा अघि पनि थुप्रै गीतहरु सार्वजनिक भएका छन् ।