
जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले गाउँपालिकाको केन्द्र टुंगो लगाउने पहिलो निर्णय गरेका छन् । आज ( शुक्रबार) पदभार ग्रहण गर्दै निर्वाचित जनप्रतिनिधिहरुले गाउँपालिकाको केन्द्रको टुंगो लगाउने पहिलो निर्णय गरेका हुन् ।
गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा पहिले देखि विवाद हुदै आएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले गाउँपालिकाको केन्द्रको टुंगो समेत लगाउन सकेका थिएनन् ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनले जुनीचाँदे गाउँपालिकाकाले नयाँ नेतृत्व पाएको छ । ३ हजार ४ सय ४४ मत ल्याएर नेकपा एमालेका उम्मेदवार बेदबहादुर शाही गाउँपालिका अध्यक्षमा निर्वाचित बनेका छन् । गाउँपालिकाको निवर्तमान कार्यवाहक अध्यक्ष शिवा आचार्यलाई पराजित गर्दै शाही विजयी भएका हुन् ।
आचार्यले ३ हजार ८८ मत ल्याएकी थिईन् । यस्तै उपाध्यक्षमा गठबन्धन दल ( नेपाली काँग्रेस) बाट वीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।
उनले ३ हजार ७ सय १४ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी नेकपा एमालेकी अम्बा कुमारी शाहले २ हजार ८ सय ११ मत प्राप्त गरेकी गरेकी थिईन् । पहिला जनप्रतिनिधीहरुले जनताको अपेक्षा अनुसार काम नगरेको र अहिलेको जनप्रतिनिधिहरुले केही गर्छन् भन्ने आशा पलाएको कोर्ताङ्गका स्थानीय हिमाल शाहीले बताए ।
















































। ६ जेष्ठ २०७९, शुक्रबार